गृहमन्त्री थापाले चिनियाँ रक्षामन्त्रीको अपमान गरे

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङहेको स्वागतमा खटिएका गृहमन्त्री रामबहादुर थापाले कुटनीतिक मर्यादा विपरितको कार्य गरेको भन्दै आलोचना भएको छ । आइतबार सीमित घण्टाको भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्री फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न गृहमन्त्री थापा पुगेका थिए । अति विशिष्ट कक्षमा थापाले स्वागत गर्ने क्रममा कुटनीतिक व्यवहारको आचारण प्रस्तुत नगरेको आरोप लागेको छ ।

चिनियाँ रक्षामन्त्री फेङहे शालिन अवस्थामा सोफामा बसेका छन् । तर, नजिकै रहेका गृहमन्त्री थापा सोफामा पसारिएर दुइटै खुट्टा लामो बनाएर खपाएर बसेका छन् । गृहमन्त्री थापा र चिनियाँ रक्षामन्त्री फेङहे सोफामा बसेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । थापाले पाहुनालाई कसरी स्वागत गर्नुपर्छ भन्ने सामान्य आचरण पनि नदेखाएको भनेर आलोचना भएको छ । नेपालपानाबाट

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *