भीमेश्वर मन्दीरकाे शीलामा पसिना आएपछि क्षमा पूजा, महाप्रसाद राष्ट्रपतिलाई पठाइयो

काठमाडौं, १० मंसिर । दोलखाको प्रशिद्ध मन्दीर भीमेश्वरमा रहेकाे शीलामा मंगलबार पसिना आएपछि लगत्तै गरिएको क्षमा पूजाका महाप्रसादहरु राष्ट्रपतिकहाँ पठाइएको छ । बिगतको चलन अनुसार नै शीलामा पसिना आएपछि पुछिएको कपाससहित महाप्रसादहरु काठमाडौं पठाइएको मन्दीर व्यवस्थापन समितिले जनाएको छ ।

उता एक बिज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय दोलखाले पनि प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुख मन्दीरमा पुगेर पूजाआजा गरी महाप्रसाद राष्ट्रपतिसमक्ष पठाएको जनाएको छ। मन्दीरको शीलामा १८ औं पटक मंगलबार पौने २ बजेदेखि २ घण्टाभन्दा बढी पटक-पटक पसिना आएको थियो । त्यसपछि मन्दीरका पूजारी र गुठियारहरुले पूजा गरेको थिए । बिगतका समयमा पनि शीलामा पसिना आए क्षमा पूजा गर्ने प्रचलन छ । र, पूजापछिका प्रसादसहित शीलामा आएको पसिना पुछिएको कपासपनि राष्ट्र प्रमुखकहाँ पठाउने गरिन्छ ।

शीलामा पसिना आएपछि क्षमा पूजाका रुपमा मन्दीरमा लघुरुद्री र सरकारका तर्फबाट एक जोर बोका साथै स्थानीयको तर्फबाट जोरबोका गरेर ४ वटा बोकालाई बली चढाएर पूजा गर्ने गरिन्छ । मन्दीरको शीलामा पसिना आए मुलुकमा अशुभ हुने धार्मिक मान्यताहरु रहेका छन् । बिगतका मुलुकमा भएका ठूलाठूला घटनाहरुमा पनि शीलाको पसिनाले पूर्वसंकेत गरेको बताइन्छ ।

यसअघि १७ औं पटक फागुन ८ मा शीलामा पसिना आएको थियो । २०६२\६३ को जनआन्दोलन तथा १९९० सालको भूकम्प जस्ता ठूला घटनाहरुको पनि पूर्वसंकेत गरेको स्थानीयहरु बताउदै आएका छन् । लकडाउनपछि एकसाता खुलेको मन्दीर अहिले सर्बसाधरणका लागि प्रतिबन्ध छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *