दुर्घटनामा परी अस्पतालमा भर्ना भएका एक व्यक्तिको कोरोनाबाट मृत्यु

१० मंसिर, काठमाडौं । सडक दुर्घटनामा परी चितवन मेडिकल कलेज भरतपुरमा भर्ना भएका नवलपुरका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका निर्देशक प्रा।डा। दयाराम लम्सालका अनुसार नवलपुर जिल्लाको गैंडाकोटा नगरपालिका–८ का ६० वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान ३ः३० बजे मृत्यु भएको हो ।

डा. लम्सालका अनुसार कत्तिक २९ गते सडक दुर्घटनामा परी भर्ना भएका उनीमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कलेजको आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उनको उपचार गरिए पनि बचाउन नसकिएको डा. लम्सासले बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *