जागिरबाट निकालिदिएको ५२ वर्षपछि कम्पनीले पूर्व कर्मचारीसँग माफी माग्यो

काठमाडौं। लिन कन्वे १९६८ मा आइबीएमको अमेरिकाको क्यालिफोर्नियास्थित कार्यालयमा कम्प्युटर इन्जिनियर थिइन् । एक दिन उनलाई कम्पनीका निर्देशक जीन मेरन अमदालको अफिसमा बोलाइयो । अमदालले कन्वेले लिंग परिवर्तन गराउनेबारे सोचिरहेको थाहा पाएका थिए र उनी निकै सहज थिए । तर, कम्पनीका प्रमुख कार्यकारी थोमस जे वाटसन जुनियर भने सहज थिएनन् ।

एक दिन कन्वेले थाहा पाइन्, उनलाई जागिरबाट निकालियो । उनी ट्रान्सजेन्डर भएको भन्दै जागिरबानट निकालिएको थियो । यो घटनाको ५२ वर्षपछि कम्पनीले कन्वेलाई पुनः कार्यालयमा बोलायो र उनीसँग कुरा गर्यो । गत महिना आइबीएमका बरिष्ठ उपाध्यक्ष डायने गेरसनले कन्वेसँग कम्पनीले उनीजस्ता कर्मचारीलाई सहयोग गर्न चाहेको बताए र कन्वे जो अहिले ८२ वर्षकी भइसकेकी छिन् उनलाई लाइभटाइम एचिभमेन्ट अवार्ड दिइयो ।

कन्वेले न्यूयोर्क टाइम्ससँग भनिन् – ‘मेरो लागि यो अप्रत्याशित थियो ।’ यो माफी सर्वोच्च अदालतको त्यो फैसलाको ४ महिनापछि आयो जुन फैसलामा भनिएको छ कसैलाई समलैंगिक वा ट्रान्सजेन्डर भएका कारण कामबाट निकाल्न पाइँदैन । कन्वेकी साथी तथा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीकी वैज्ञानिक रहिसकेकी रोचल डायमण्डका अनुसार उनले माफीको बारेमा गएको शुक्रबार थाहा पाइन् जुन दिन ट्रान्सजेन्डर दिवस मनाइँदै थियो ।

कन्वेकी एक मित्र क्रिस्टिना बर्न्स भन्छिन् ‘कन्वेले कहिल्यै पनि आफूलाई कामबाट निकालिएको कारणबारे असन्तुष्टि जाहेर गरिनन् । तर यो माफीले निश्चय पनि उनलाई राम्रो लाग्नेछ ।’ कन्वेले १९६४ मा आइबीएममा काम सुरु गरेकी थिइन् । जागिरबाट निकालिएपछि पनि उनले सर्जरी गराइन् र आफूलाई यो समाजमा बलियोसँग उभ्याउने प्रयास गरिरहिन् ।

१९७३ मा उनले जेराक्स रिसर्च सेन्टरमा काम गरिन् जहाँ उनले कम्प्युटर चिप डिजाइन तयार गरिन् । यो त्यही चिपको सुरुवात थियो जसको आज विश्वभरी प्रयोग हुन्छ । सन् २००० मा उनले एउटा वेबसाइट डिजाइन गरिन् जसमा उनले लिंग पहिचान जस्ता विषयमा लेखिरहन्छिन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *