हस्तमैथुन गर्ने फुटबलरको सम्मानमा पाइलटले बनाए आकासमै यौनांग

काठमाडौं । आफूले उडाएको जेट विमानलाई आकासमै घुमाएर पुरुष यौनांग जस्तो आकृति बनाएको अभियोगमा रुसका दुईजना पाइलटमाथि अनुसन्धान सुरु भएको छ । पाइलटहरुले आकाशमा जहाजलाई घुमाएर उडाइ यौनांग तयार पारेको दृश्य उडान ट्रयाकिङ गर्ने सफ्टवेयरबाट पत्ता लागेको थियो । उनीहरुले रुसी फुटबल टोलीका कप्तानसँग एक्यबद्धता जनाउनका लागि यसो गरेको बताइएको छ ।

रसियन पोबेदा एयरलाइन्सको उक्त विमान उडाउने पाइलटहरुको नामचाहिँ खुलाइएको छैन । आफ्नो ओछ्यानमा बसेर हस्तमैथुन गरिरहेको भिडियो अनलाइनमा सार्वजनिक भएसँगै रुसको राष्ट्रिय फुटबल टोलीका क्याप्टेन आर्टेम डिजिउबा निलम्बनमा परेका छन् । हस्तमैथुनको आरोपमा निलम्बित फुटबल कप्तानको समर्थनमा पाइलटहरुले आकासमै यौनांग बनाइदिएका हुन् ।

गत नोभेम्बर ११ मा उक्त विमान मस्कोबाट येकाटेरिनबर्ग जाँदै थियो ।एयरलाइन्सका प्रवक्ताले चाहिँ फुटबल क्याप्टेनमाथि दुर्व्यवहार गरिएको विरोधमा उनीप्रति एक्यबद्धता जनाउन पाइलटहरुले त्यस्तो क्रियाकलाप गरेको बताएका छन् ।समाचार अनुसार पाइलटहरुले लिंगाकारको उडान गर्नका लागि विमानस्थल टावरसँग रेडियो नेभिगेसन उपकरण जाँच गर्ने भन्दै अनुमति मागेका थिए । हवाई मार्गमा लिंगको आकार बनाउन जहाज घुमाएपछि गन्तव्यमा अवतरण गर्न २० मिनेट ढिलो भएको थियो । –एजेन्सी

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *