कोरोना संक्रमण रोक्न टिमुर पनि उपयोगी

कोरोना महामारीका कारण विश्व नै आजित भइसकेको छ । कोरोनाको प्रकोप हालसम्म पनि निरन्तर कायम छ । यसको उपचारका लागि कुनै खोपको पूर्णरुपमा विकास हुन सकेको छैन । त्यसकारण हामी कोरोना महामारीसँगै जीवन अघि बढाउनुपर्ने बाध्यतामा छौँ । नेपालजस्तो विकासोन्मुख मुलुकमा महिनौँसम्म लकडाउन गरेर झनै आर्थिक मन्दी आउने निश्चित हुन्छ ।

नेपाल एक प्राकृतिकरुपमा महत्वपूर्ण देश हो । यहाँका बहुमूल्य जडीबुटी र हावापानीका कारण हामी नेपालीहरु स्वस्थ छौं । हामीले अझै यस्ता कुराहरुको सदुपयोग गरी अझ प्रभावकारीरुपमा हामीलाई स्वस्थ र समृद्ध बनाउन सक्छौँ । कोरोना भाइरस संक्रमणसँग लड्न टिमुर एक महत्वपूर्ण जडीबुटी हुनसक्छ ।

यसको औषधीय गुण र स्वादका कारण हाम्रो भान्सामा यसको अत्यन्त महत्व छ । नेपालमा चिसो याम शुरु भएका कारण कोरोना महमारीको संक्रमण बढ्ने उत्तिकै जोखिम छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले बाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मद्दत गर्छ । साथै टिमुरले रोग–प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । टिमुरले स्वादका लागि मात्र नभई ओखतीको रुपमा समेत काम गर्छ ।

नेपालको महाभारत पर्वत शृङ्खलाको १२०० देखि २५०० मिटरसम्मको उचाइमा पाइने टिमुरका बोट खुला तथा पाखो बारीमा उम्रिएका हुन्छन् । यसको व्यावसायिकरुपमा समेत खेती गर्ने गरिएको पाइन्छ । बोटभरि नै केही चेप्टो परेको तीखा काँडा हुन्छन् । टिमुरको डाँठको दुवैतिर स–साना दुईदेखि छ जोडीसम्म तीखा टुप्पा भएका पातहरु पलाएका हुन्छन् ।
.
टिमुरको फल स–साना, राता, चारदेखि पाँच मिलिमिटर व्यासका हुन्छन् । फलको स्वाद तीतो, पिरो हुनुका साथै जिब्रो पर्पराउने हुन्छ । यी फलबाट बास्ना पनि आउँछ । काँचोमा हरियो हुने यसको फल पूर्णरुपमा पाकिसकेपछि रातो रंगमा परिणत हुन्छ । धेरै पाकेमा फल आफैं फुट्छ र फलभित्रको कालो रंगको बियाँ बाहिर निस्कन्छ । हुन त टिमुर अरु बेला पनि खानेकुरामा मिसाएर खाइन्छ । तर, जाडोमा भने यसले काइदाको काम गर्छ । खासगरी बाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन यसले काम गर्छ । साथै टिमुरले रोग–प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

टिमुर अचार वा कुनै नुडल्समा मिसाइने गरिन्छ, जसले त्यसको स्वाद दोब्बर बढाउँछ । स्वादका लागि मात्र होइन, ओखतीको रुपमा पनि यसले काम गर्छ । नेपाली टिमुर पछिल्लो समय विश्व बजारमै लोकप्रिय बन्दै गएको छ । नेपालको प्रायः पश्चिमी भूभागमा उत्पादन हुने टिमुर हरेक वर्ष विश्वभर निर्यात हुँदै आएको छ । यो बहुउपयोगी छ । टिमुरको दाना स–साना राता ४ देखि ५ मिलिमिटर व्यासका हुन्छन् । यसको स्वाद तीतो,, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ । टिमुरलाई मसला र औषधिको रुपमा प्रयोग गरिन्छ ।

यो विशेष गरी पाचनक्रिया कमजोर हुने बिमारको सफल औषधि हो । यसले मन्दाग्नि, अपच, आउँ र यस्तै समस्याको कारणले पेटमा हुने वायु शूलमा उत्तम औषधिको काम गर्दछ । पेटमा हुने क्रिमी (कीरा) को संक्रमणलाई पनि यसले धेरै हदसम्म ठीक गर्छ । टिमुरको सेवनले यकृत (लिभर) बलियो हुने र जठराग्नि पाचनक्रियामा सुधार आउने तथा पाचनक्रिया आदिको कारणबाट अनुहारमा आएको शोथ (फुल्ने समस्या) ठीक हुने गर्छ ।

यसको सेवन मिश्री काँढासँग र बेलको सर्बतसँग सेवन गर्न उत्तम हुने आयुर्वेदमा उल्लेख गरिएको छ । ज्वरो एवम् कफको बिमारमा शरीरमा पसिना उत्सर्जन गरी शरीरलाई हल्का बनाउन यसको पातको स्वरस वा जराको बोक्राको रसलाई पकाएर बनाइएको रस सेवन गर्न आयुर्वेदले मार्गदर्शन गरेको छ । यसमा विद्यमान उत्तेजक तत्वको प्रभावले शरीरमा पसिना निकाल्न मद्दत गर्दछ र ज्वरो एवम् कफको समस्याबाट मुक्ति दिलाउँछ ।

टिमुरको ताजा पातलाई पिसेर चामलको पीठोसँग मिलाई गरम गर्ने र गलामा बाँध्नाले गलाको सुजन हट्छ । टिमुरको सेवनले घाउ–खटिरामा पनि फाइदा पु¥याउने गर्छ । टिमुरको फल खुवाउने, यसको चूर्णलाई घाउमा छर्कने र यसको बोक्रा (जराको बोक्रा)को रसले घाउ धुनाले निकै लाभ हुन्छ ।

यसको हाँगाबिँगा वा काँडालाई पानीमा पकाएर त्यसको पानीले कुल्ला गर्नाले दाँतको पीडा हट्ने र हाँगाले दाँत मल्नाले दाँत निर्मल हुने गर्छ । मन–मस्तिष्क, पागलपन, रगतसम्बन्धी समस्या आदिमा पनि यो निकै उपयोगी मानिन्छ । वाथ, अर्बुद, उदररोग, आँखा, कान र ओठको रोग, शिरको बोझ, दम, पिसाबसम्बन्धी रोग आदिमा यसको औषधीय प्रयोग गर्न सकिन्छ ।

यो प्राकृतिकरूपमा महाभारत पर्वत शृङ्खलाको खुला पाखामा पाइन्छ । यसको खेतीको लागि हिउँदमा ठण्डा र गर्मीमा न्योनो हुने उपोष्ण र शीतोष्ण हावापानी भएको क्षेत्र उत्तम हुन्छ । अन्य बालीको लागि उपयुक्त नहुने भीर–पाखा तथा बलौटे एवं पत्थरिलो माटोमा यसलाई लगाउन सकिन्छ । माटोको अम्लीयपन पीएच ६.५–७.० सम्म भएको बलौटे माटो सबैभन्दा उपयुक्त हुन्छ ।

यसको फल पाकेर रातो भएपछि र परिपक्व भएपछि झर्नुअगावै असोज–कार्तिक महिनाको मध्यतिर
संकलन गरिन्छ । फललाई हातले टिपेर वा लठ्ठीले हानेर झारी संकलन गरिन्छ । संकलन गरिएका फलहरूको पात–काँडाहरू हटाई, राम्ररी सुकाई, बोरामा कसेर ओभानो ठाउँमा भण्डारण गरी राख्नुपर्दछ । यसको फलबाट स्टिम डिस्टिलेसन विधिद्वारा सुगन्धित तेल निकालिन्छ । अहिलेको कोरोना संक्रमण रोक्न पनि टिमुरको सेवनले मद्दत गर्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *