धनुषामा मोटरसाइकलको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको ज्यान गयो

धनुषाको बटेश्वर गाउँपालिका वडा नं. २ मा मोटरासइकलको ठक्करबाट स्कुल जाँदै गरेकी एक बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विष्णुदेव ठाकुरका ६ वर्षीया छोरी आरती ठाकुर छन् । सोमबार बिहान ज ११ प १५१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै बालिकाको मृत्यु भएको बटेश्वर प्रहरीचौकीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक श्रीप्रसाद ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिका स्कुल गइरहेको बेला बाटोमै ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको स्थानीयले जनाएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *