शार्क माछाको आक्रमणबाट एक जनाको मृत्यु

सिड्नी : अष्ट्रेलियाको उत्तर पश्चिम क्षेत्रस्थित समुद्री किनारमा शार्क माछाको आक्रमणबाट एक मानिसको मृत्यु भएको छ । चर्चित पर्यटकीय क्षेत्र मानिने केबल बिचस्थित आइतबार बिहान यस्तो घटना भएको हो । प्रहरीका अनुसार ती मानिसलाई समुद्रबाट उद्धार गरी अस्पताल लगिएको थियो । तर अस्पतालमा नै उपचारको क्रममा उनको मृत्यु भएको हो ।

‘प्रहरीले पुष्टि गर्न सक्छ कि दुखद रुपमा एक मानिसको मृत्यु भयो,’ पश्चिम अष्ट्रेलियाको प्रहरीले जनाएको छ । समुद्री किनारमा मानिसहरु झुम्मिने भए पनि केबल बिचमा शार्क माछाले मानिसलाई यसरी आक्रमण गरेको दुर्लभ घटना हो ।

घटना भएको स्थान केबल बिच ब्रुम सहरबाट २२ किलोमिटर टाढा पर्छ । पर्यटकको आवत जावत भइरहने यस समुद्री किनार अधिकारीहरुले हरेक वर्ष एक वा दुई पटक बन्द पनि गर्ने गरेका छन् । यस घटनासँगै अष्ट्रेलियाको समुद्रमा शार्क माछाको आक्रमणबाट यही वर्षमा आठ जनाको मृत्यु भइसकेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *