यो सरकारले जनताको कुरा सुनेन: प्रकाशमान सिंह

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदसमेत रहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रतिपक्षका आवाज सरकारले सुन्दै नसुनेको बताएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम नगरेकोले त्यसको खबरदारी कांग्रेसले गर्दै आए पनि सरकारले केही नसुनेको उनले बताए।

सरकारका जनहीत विपरीतका कामकारवाहीबारे विरोधमा सडकमा आन्दोलनका लागि जाने अवस्था अहिले नरहेको पनि उनले बताए। कोरोना महामारीले सडक आन्दोलन गर्न नसकिने उनी बताउँछन्।

‘कोरोना महामारीले तत्कालै सडक आन्दोलनमा जाने अवस्था छैन,’ उनले भने, ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ तर यो सरकारले सुन्दैन। यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको।’

सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्युनतम काम पनि गर्न नसकेको सिंह बताउँछन्। अब संसद बैठक तत्काल डाकेर हरेक विषयमा छलफल हुनुपर्ने उनले बताए। आफ्नो निर्वाचन क्षेत्र काठमाडौं १ का स्थानीय नागरिकसँग उनले आइतबार बिहान छलफलमा उक्त कुरा बताएका हुन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *