शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

शिक्षकहरूमा पनि कोरोना संक्रमण देखिएपछि गोरखा नगरपालिकाले आफ्नो क्षेत्रभित्र मंसिर १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना संक्रमित घट्दै गएपछि केही पहिलेदेखि नगरभित्र सामुदायिक र निजी विद्यालयमा विद्यार्थी भौतिक रूपमा नै उपस्थित हुने गरी सञ्चालन गर्न दिइएको थियो।

तर कोरोना संक्रमण शिक्षकहरूमा पनि देखिएकोले विद्यालयहरू बन्द गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए। नगरभित्र शिक्षक तथा कर्मचारी गरी ६५ जनामा कोरोना संक्रमण देखिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *