नेपालमा तेजाब आक्रमणविरुद्धको दिवस मनाउने निर्णय

सरकारले तेजाब आक्रमण विरुद्धको नयाँ कानून बनाउने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल कानून आयोगलाई १५ दिनभित्र कानूनको मस्यौदा तयार गर्न निर्देशन दिइएको जानकारी दिए ।
प्रचलित कानुनमा तेजाब आक्रमणको कसूर, सजाय र सुनवाइसम्बन्धी प्रचलित कानूनलाई संशोधन गरी र त्यसको उत्पादन, आयात, निर्यात, बिक्रीवितरण तथा प्रयोगलाई नियमन गर्न नयाँ ऐन तर्जुमा गरिने बताए । केही दिनअघि प्रधानमन्त्रीले तेजाब आक्रमणबाट पीडितसँग भेटी तेजाब आक्रमण गर्नेलाई हदैसम्मको कारवाही गर्ने खालको नयाँ कानून ल्याउन थालिएको जानकारी दिएका थिए ।
यस्तै अनुरुप सरकारले तेजाब आक्रमणविरुद्ध जागरण अभिवृद्धि गर्न प्रत्येक वर्ष भदौ २५ गतेलाई तेजाब आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाउने निर्णय गरेको जनाइएको छ ।
यस्तै तेजाब आक्रमणमा परेकालाई निःशुल्क उपचारको व्यवस्था गर्न तेजाब आक्रमणमा परेका बिरामीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कीर्तिपुरको बर्न अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा तोक्ने निर्णय गरेको छ , अस्पतालमा लागेको बिलअनुसारको खर्च व्यहोर्ने र तेजाब आक्रमणपछि बिरामीलाई आजीन प्रयोग गर्नुपर्ने औषधि सरकारले व्यहोर्ने निर्णयसमेत गरेको छ । यस्तै तेजाब आक्रमणमा परेका पीडितलाई निःशुल्क उच्च शिक्षाको समेत व्यवस्था सरकारले गर्ने छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *