पाेखरा, २५ फागुन । विश्व मृगाैला दिवसका अवसरमा पाेखराकाे दिर्घायु पाेखरा हस्पिटलले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ। ‘सम्पुर्णका लागी मृगाैला’ भन्ने नाराका साथ अायाेजित शिविरमा ३० बर्ष भन्दा माथिका ११२ जनाले स्वास्थ्य परिक्षण गराइ लाभ लिएकाे बताइएकाे छ । साे अवसरमा हस्पिटलले ल्याब टेष्ट अन्तरगत मृगाैला सम्बन्धि निशुल्क रगत जाँच समेत गरेकाे थियाे ।
मृगाैला दिवसकै अवसरमा दिर्घायु हस्पिटलले मेशिनबाट गरिने डायाेलाेसिस् सेवाकाे समेत सुभारम्भ गरेकाे डा क्लारा पाैडेलले बताइन । उक्त डायाेलाेसिस् सेवाकाे डा बद्री पाैडेलले सुभारम्भ गरेका थिए । हस्पिटलले मृगाैला राेग सम्बन्धि चेकजाँचमा बिशेष छुटकाे ब्यबस्था गरेकाे बताइएकाे छ ।
शिविरमा मृगाैला राेगबाट बच्ने उपायका बिषयमा सचेतना कार्यक्रम समेत गरिएकाे थियाे । साे सचेतना कार्यक्रमलाइ बरिष्ठ डा बद्री पाैडेलले सहजिकरण गरेकाे हस्पिटलका प्रबन्ध निर्देशक राधाकृष्ण पाेखरेलले बताएका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |