• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २४, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    ३ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    ३ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    ३ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    ३ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २४, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

होमपेज / समाचार
  • ७४ पटक पढिएको


  • २०७९ माघ ३, मंगलबार (३ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काठमाण्डाै –     सरकारले अवैध क्रसर बन्द गराएको रिस फेर्न व्यवसायीले ढुङ्गा, गिट्टी र बालुवा बेच्न छाडेपछि दर्जनौँ विकास निर्माण आयोजनाको काम ठप्प भएको छ । गृह मन्त्रालयले पुसको २० गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अवैध र मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन पत्र पठाएको थियो । गृह मन्त्रालयले अवैध क्रसर बन्द गराउन पत्राचार गरेको रिसमा वैधरूपले सञ्चालनमा रहेका क्रसर उद्योगीले पनि ढुङ्गा, गिट्टी र बालुवा नबेच्दा ठूला विकास निर्माणका काम नै प्रभावित हुन थालेका छन् ।

    प्रभावित हुनेमध्ये धेरै आयोजना सडकतर्फका रहेका छन् । राष्ट्रिय गौरवका आयोजनादेखि स्थानीय आयोजनासम्म रोकिएका छन् । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार नागढुङ्गा–नौबिसे सुरुङमार्गको काम आज सोमवारदेखि ठप्प भएको छ । आयोजनालाई चाहिने गिट्टी सुरुङ खन्दा निस्कने ढुङ्गाबाटै उपयोग भइरहेको छ । बालुवा भने जापानी कम्पनीले नेपाली व्यवसायीसँग किन्दै आएको छ । तर पछिल्लो एक हप्तादेखि कतै पनि बालुवा पाइन छाडेपछि आज बेलुकादेखि आयोजनाको काम ठप्प भएको उहाँले जानकारी दिनुभयो ।

    ‘उनीहरूले आजसम्म स्टकमा रहेको बालुवाबाट काम चलाइरहेका थिए तर आजदेखि स्टक पनि सकिएकाले काम ठप्प भएको छ । एक दिन काम रोकिँदा चारैतिर असर पर्छ । हामीलाई यो अवस्थाले चिन्तित बनाएको छ’, थापाले उज्यालो अनलाइनसँग भन्नुभयो ।

    ढुङ्गा, गिट्टी र बालुवाकै अभावका कारण नागढुङ्गा–नौबिसे–मलेखु सडक विस्तारको काम पनि रोकिएको छ । नागढुङ्गा– मुग्लिन सडक विस्तारअन्तर्गत अहिले नागढुङ्गा–नौबिसे र नौबिसे–मलेुख गरी दुई वटा खण्डमा काम भइरहेको थियो ।

    यस्तै मुग्लिन–नारायणगढ सडकमा विस्तार हुन बाँकी सडकको काम र पुल निर्माणको कामसमेत रोकिएको महानिर्देशक थापाले बताउनुभयो । चितवनकै भरतपुर बाइपास सडक निर्माणको काम पनि रोकिएको उहाँले जानकारी दिनुभयो ।

    काठमाण्डौ–त्रिशूली सडकको काम पनि रोकिएको छ । काठमाण्डौको फोहर विसर्जन हुने ल्यान्डफिल साइट बञ्चरेडाँडासम्म पुग्ने सडकको काम नै ठप्प भएको छ । स्थानीयको आन्दोलनपछि सरकारले छ महिनाभित्र बनाइसक्ने सम्झौता गरेर मुड्खु भञ्ज्याङबाट तीनपिप्लेसम्मको सडकको काम तीव्र गतिमा भइरहेको थियो । सम्झौताअनुसारकै समयमा काम सक्ने तयारी रहेकोमा अहिले निर्माण सामग्री अभाव हुँदा त्यहाँ पनि काम रोकिएको छ ।

    यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारको काम पनि प्रभावित भएको छ । निर्माण सक्ने बेलासम्म सडक आयोजनाको काम २० प्रतिशत पनि पूरा नभएपछि सरकारले ठेक्का तोड्ने तयारी गरेको थियो । तर चिनियाँ ठेकेदारले काम तीव्र बनाउने सहमति जनाएपछि सरकारले ठेक्का तोडेको थिएन । अहिले ठकेदारले कामलाई तीव्रता दिएको थियो । तर अहिले निर्माण व्यवसायीले काम तीव्र बनाइरहेकै बेला निर्माण सामग्रीको अभावले काम प्रभावित भएको महानिर्देशक थापाले बताउनुभयो ।

    काठमाण्डौ उपत्यकाभित्र भइरहेका सडक विस्तारको काममा पनि समस्या देखिन थालेको छ । उहाँले देशैभरका सडकको काम रोकिएका खबर आएकाले सरकारले गम्भीर भएर समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो ।

    प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    बालुवाको अभावमा नागढुङ्गा–नौबिसे सुरुङमार्गको काम ठप्प भएपछि सडक विभागले धादिङका प्रमुख जिल्ला अधिकारीलाई गुहारेको थियो । सुरुङमार्गमा बालुवा सप्लाई गर्ने कम्पनीको नवीकरण मिति पुसको २८ गते सकिएको थियो । गृह मन्त्रालयको निर्देशनअनुसार सुरुङमार्गमा बालुवा सप्लाई गर्ने कम्पनी २८ गते नै अवैध बनिसकेको थियो । तर सडक विभागको आग्रहअनुसार दुई दिनका लागि बालुवा सप्लाई गर्ने कम्पनीलाई सहजीकरण गरिदिए पनि उसले सप्लाई गर्न नमानेको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।

    सडक विभागका अनुसार जिल्ला प्रशासन कार्यालयबाट पास र प्रहरीसहितको सुरक्षाको व्यवस्था गरे पनि बालुवा डिपोले बिक्री गर्न मानेको थिएन । ‘पुसको दुई दिनका लागि मैले सहजीकरण गरिदिन खोजेको थिएँ, आवश्यक सुरक्षाको पनि प्रबन्ध भएको थियो तर उनीहरूले सप्लाई गर्न मानेनन्, माघ लागिसकेपछि त नवीकरण सकिएकाले त्याे कम्पनी पनि अवैध भइसकेको छ, अब उसलाई सहजीकरण गरिदिन सकिन्नँ’, प्रमुख जिल्ला अधिकारी लम्सालले भन्नुभयो ।

    गृह मन्त्रालयले मापदण्ड विपरीत सञ्चालनमा सबै क्रसर उद्योग र डिपोहरू सञ्चालन गर्न नदिने कडा निर्दशन दिएकाले निर्देशन विपरीत गएर अब सहजीकरण गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी लम्सालको भनाइ छ ।

    देशभरकै विकास निर्माण ठप्प हुने सङ्केत

    सरकारले अवैध क्रसर उद्योग र डिपोलाई सञ्चालनमा रोक लगाए पनि अहिले वैध र मापदण्ड पूरा गरेका क्रसर र डिपोले पनि ढुङ्गा, गिट्टी र बालुवा बेच्न मानेका छैनन् । यसले के देखाउँछ भने देशभरका क्रसर व्यवसायी सिन्डिकेट गरेर सरकारलाई अफ्ठेरोमा पार्ने र अवैध ढङ्गले नै सञ्चालन पार्ने रणनीतिमा छन् ।

    वैध क्रसरले सामग्री बेचेमा विकास निर्माणका काम सञ्चालन हुने र आफूहरूको नाजायज माग पूरा नहुने देखेपछि व्यवसायीले सिन्डिकेट गरेको सरकारी अनुमान छ । देशभरका विकास निर्माणका आयोजना ठप्प बनाएपछि सरकारलाई गलाउन सकिने र अवैध धन्दा पुनः सुरु गर्न पाइने उनीहरूको दाउ हेरेको गृह मन्त्रालयका एक अधिकारीको बुझाइ छ ।

    ‘हामीले अवैध र मापदण्ड पूरा नगरेका क्रसर र डिपोलाई मात्रै बन्द गराउन निर्देशन दिएकोमा वैध र मापदण्डमै रहेकाहरूले पनि बिक्री बन्द गर्नु भनेको ठूलो सिन्डिकेटको सङ्केत हो’, ती अधिकारीले उज्यालाेसँग भने ।

    प्रारम्भिक तथ्याङ्कअनुसार सञ्चालमा रहेका आधाभन्दा धेरै क्रसरले दर्ता नवीकरण नगरेको, आवश्यक कागजात कार्यालयमा नराखेको, मापदण्ड विपरीत उत्खनन गरेको पाइएको गृह मन्त्रालयका एक अधिकारीले बताएका छन् । अवैध क्रसर बन्द गराउन खोज्दा सबै मिलेर सरकारलाई अफ्ठेरोमा पार्ने षड्यन्त्र भइरहेको पनि मन्त्रालय स्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution