• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    ३ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    ३ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    ३ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    ३ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २५, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

होमपेज / समाचार
  • ७७ पटक पढिएको


  • २०७९ माघ ३, मंगलबार (३ हफ्ता अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।

    सोमबार उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमति जुटेको थियो।

    दलका नेताहरूले सत्ता साझेदार दलका बैठकमा भएका सहमति आज आ-आफ्ना पार्टीभित्र पनि छलफल गरेपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ। मंगलबार दिउँसो मन्त्रिपरिषद विस्तार हुनेछ।

    दलका शीर्ष नेताहरूले आफ्नो पार्टीलाई परेको भागका आधारमा मन्त्रीको नाम दिएपछि ती नाम राष्ट्रपति कार्यालय पठाइनेछ। मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउने कार्यक्रम छ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गत पुस १० मा ७ दल र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। पुस ११ मा उनले ८ मन्त्रीसहित शपथ लिएका थिए। मन्त्री भएकामध्ये केहीलाई मन्त्रालयको जिम्मेवारी दिइएको थिएन भने १७ मन्त्रालय प्रधानमन्त्री आफैंले हेर्दै आएका थिए।

    प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीसँग पटकपटक भेटवार्ता गर्दै मन्त्रिपरिषद विस्तारलगायत विषयमा कुराकानी गरेका थिए। गत पुस २६ मा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपालगायत दलले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। यसपछि मन्त्रिपरिषद विस्तारमा झन् अन्यौलता सिर्जना हुँदै आएको थियो।

    तर सोमबार भएको सत्ता साझेदार दलको बैठकले मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटाएको छ भने मन्त्रालय कसले कुन लिने भन्ने पनि टुंगो लगाएको छ। एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीले कुन-कुन मन्त्रालय लिने भन्ने भागबन्डा मिलेको हो। लोसपा र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएका छन्।

    एमालेले ८, माओवादीले ४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपाले ३ र जनमत पार्टीले एक मन्त्री पाउने गरी भागबन्डा गरिएको छ। साथै रास्वपा र राप्रपाले एक-एक राज्यमन्त्री पाउने सहमति पनि बनेको नेताहरूले बताएका छन्।

    तर गृहमन्त्री रवि लामिछानेले जसपालाई समझदारीमा ल्याउन र अन्यलाई समेट्न केही संख्या हेरफेर हुनसक्ने बताए। उनकाअनुसार मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ कार्यक्रम तय भएको छ।

    स्रोतका अनुसार एमालेले रक्षा, परराष्ट्र, स्वास्थ्य, कृषि, भूमि व्यवस्था, महिला बालबालिका र उद्योग मन्त्रालय लिने समझदारी बनेको छ। एमालेले दाबी गरेका केही मन्त्रालयमा अन्य दलले पनि दाबी गरेका कारण हेरफेर हुन सक्ने एक नेता बताउँछन्।एमालेले यसअघि अर्थ मन्त्रालय लिइसकेको थियो।

    माओवादीले सञ्चार, भूमि व्यवस्था, स्वास्थ्य, खेलकुद मन्त्रालय लिने छलफल पनि भएको थियो।

    राप्रपाले ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाउने ती नेता बताउँछन्। उपप्रधानसहित ऊर्जा मन्त्रीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जाने भए पनि अन्य मन्त्रालयमा कसलाई पठाउने राप्रपाले टुंगो लगाइसकेको छैन। उसले पाएका मन्त्रालय पनि हेरफेर हुन सक्छ किनभने खेलकुद मन्त्रालयमा माओवादीको पनि दाबी छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा र श्रम मन्त्रालय पाएको छ। यसअघि उक्त पार्टीले उपप्रधानसहित गृहमन्त्री पाएको थियो। कुन पार्टीले कुन मन्त्रालय पाएको औपचारिक जानकारी मंगलबार नै दिने नेताहरू बताउँछन्।

    सत्ता साझेदार दलका एक नेताका अनुसार राष्ट्रपति र सभामुख एमालेले लिनेबारे पनि छलफल भएको थियो। जसपाले उपराष्ट्रपतिमा दाबी गरेको छ। उपराष्ट्रपति र उपसभामुख कुन-कुन पार्टीले लिने भन्नेबारे सहमति भइसकेको छैन।

    सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले राष्ट्रपति लिन कोसिस गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution