काठमाडौं – ज’ब”र्ज’स्ती क”र’णी आरोप लगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्किंदै छन्। आफूमाथि आ’रो’प लागेपछि अनुस’न्धानलाई सहयोग गर्न उनी नेपाल आउन लागेका हुन्।
उनीविरुद्ध गत भदौ २१ गते एक ना’बा’लि’ग किशोरीले ज’ब”र्ज’स्ती क’र’णी आ’रोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। उजुरीअनुसार फ्यान रहेकी ती युवतीलाई सन्दीपले कफी पिउन बोलाइ नगरकोट पुर्याएर थिए।
नगरकोटमै सन्दीपले बास बस्नका लागि कोठा पनि बुक गरेका थिए। तर ती किशोरीले बस्न नमानेपछि बा’ध्य भएर उनी किशोरीलाई लिएर काठमाडौं फर्किसकेका थिए। तर होस्टल बन्द भइसकेकाले होटलमै बस्नुपर्ने भएपछि गौशालास्थित एक होटलमा पुर्याएर आफूमाथि सन्दीपले जब’र्ज”स्ती क”र’णी गरेको ती किशोरीले उजुरीमा उल्लेख गरेकी छन्।
उक्त उजुरीपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट गत बिहीबार प’क्रा’उ पूर्जीसमेत लिइसकेको छ। प’क्रा’उ पूर्जी लिई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै नाकामा प्रहरीले प’क्रा’उ आदेश पठाएको छ। सन्दीप फर्किएलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै प’क्रा’उ गर्ने तयारी गरेको छ।
यद्यपि सन्दीप फर्किनेबारे आफूहरुलाई केही जानकारी नभएको प्रहरीले बताएको छ। तर प’क्रा’उ पूर्जी जारी भइसकेकाले जहाँ भेट्यो त्यहींबाट प’क्रा’उ गर्ने प्रहरीले जनाएको छ। साथै एयरपोर्टमा निगरानि पनि राखिएको एसएसपी भरत बोहोराले बाताएका छन्।
‘हामीलाई सन्दीप नेपाल आउनेबारे जानकारी छैन। प’क्रा’उ पूर्जी जारी भइसकेको छ। जहाँ भेट्यो त्यहींबाट पक्राउ गर्छौं। एयरपोर्टमा निगरानी बढाएका छौं,’ उनले भने।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |