काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिसँगै ‘सुशासन, स्थायित्व र समृद्धि’ खुब चर्चित रह्यो । उनको तीन वर्षे शासनकालभरि ‘भ्रष्टाचार गर्दिनँ र हुन दिन्नँ’ नारा बन्यो । आज उनको नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पूरा भएको छ ।
‘राज्य शक्तिको कति र कसरी दुरुपयोग भयो ?’ त्यो तथ्य खोज्न कहीँ जानु पर्दैन, नेकपा एक हुँदा सचिवालय बैठकमा प्रस्तुत पुष्पकमल दाहालको १९ पृष्ठ लामो प्रस्तावमै लिपिबद्ध छ । सचिवालयमा उठेको प्रश्नमा जवाफ दिनुको सट्टा ओलीले पार्टी विभाजनकै रणनीति बनाए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |