काठमाडौं । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जित पक्का भएको छ।
९१२ मत गन्न बाँकी हुँदा दाहालले ५१ हजार ६ सय ६६ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन्।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७४१ मत ल्याएका छन्।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |