हरिलाल जोशी –
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-१० को विजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ ।
बिहान ७ बजे देखि शान्तिपुर्ण ढंगले सुरु भएको मतदान दिउँसो बाह्र बजेतिर मृतक व्यक्ति र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको नामबाट मतदान गर्न खोज्दा विवाद उत्पन्न भएको हो ।
अर्काको नाममा मतदान गर्न खोज्ने व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिएपनि मतदान कार्य स्थगित भएको प्रहरी श्रोतले जनाएको छ ।
सोहि विषयमा पुनर्वास नगरपालिकाकी निर्वाचन अधिकृत किरण जोशीलाई बुझ्दा मतदानका क्रममा विवाद उत्पन्न भएपनि मतदान स्थल सुरक्षीत गर्न सुरक्षा व्यवस्था कडा बनाईएको जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |