• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ जेष्ठ ५, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    २ घण्टा अघि

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    २ घण्टा अघि

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    ३ घण्टा अघि

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    ३ घण्टा अघि

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    ३ घण्टा अघि

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    ३ घण्टा अघि

    सुनिता डंगोलले यी इञ्जिनियरसँग विबाह गर्दै !

    ३ घण्टा अघि

    गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने

    ४ घण्टा अघि

    देउवाले टिकट खोसे, जनताले मेयर बनाए

    ४ घण्टा अघि

    स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंवासीले परीक्षण गर्न खोजे : मानन्धर

    ४ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ जेष्ठ ५, बिहिबार
in
FLASH NEWS
  • १न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • २क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ३रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ४जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ५चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा
  • ६यस्तो छ मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा
  • ७अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइयो
  • ८मोडल पल शाहविरुद्ध गायिका समिक्षा अधिकारीले प्रहरीमा दिइन् जाहेरी

नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइदै

होमपेज / समाज
  • १४१ पटक पढिएको


  • २०७९ बैशाख ५, सोमबार (१ महिना अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज सिन्दूरे जात्रा मनाउन लागिएको छ।

    जात्राको मुख्य एवं विशेष दिन अपराह्न ३ बजेपछि नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सो जात्रा मनाउन लागिएको हो। गत शनिबारमध्य रातमा देवीघाटस्थित जालपादेवी मन्दिर पुगेका ८३ वर्षका धामी हरिमानसिंह डङ्गोल आज बिहान नुवाकोटको धरमपानीमा पुगेर आराम गरिरहेका छन्।

    जात्राअन्तर्गत जालपादेवी मन्दिरमा पुर्‍याइएको भैरवीदेवी, अष्टमातृकासहितको रथयात्रालाई स्थानीयवासी, तीर्थालु, जात्रालुले आइतबार साँझ जालपादेवी र भैरवीदेवीको जय–जयकार गरी देवीघाटबाट बिदाइ गरेका थिए। भैरवीको रथ लच्याङका ६० डोके, ३२ नोले गुठीयारहरुले देवीघाटस्थित जालपादेवी मन्दिरबाट आइतबार साँझ प्रस्थान गरेर आज बिहानीपख धरमपानीमा पुर्‍याइएको हो।

    शनिबार राति जालपादेवी मन्दिर पुगेका धामी पनि गएमध्यरातमा लामबगैँचा, बाणाचौतारो, इनारपाटी, बट्टारको पुरानोपाटी, बट्टारबजार चोक, नुवाकोटको वन हुँदै धर्मपानीमा पुगेर अहिले विश्राम गरिरहेका छन्। मध्यरातको सङ्कटासन्न समयमा धामी देवीघाटबाट नुवाकोटतर्फ फर्किएका द्वारे शाहीले जानकारी दिए। ‘उनी फर्केको हेरेमा अनिष्ट हुन्छ भन्ने मान्यता रहेकाले धामीमध्ये रातको सुनसान समयमा फर्कने चलन छ।’ उनले भने।

    देवीघाट पुग्नुभएका धामीले यस वर्ष विसं २०७९ मा देशमा के हुन्छ भनेर गोप्यरुपमा भविष्यवाणी गरेकाे छ। ‘धामीले देशमा यस वर्ष हुने घटनाक्रमको गोप्यरुपमा भविष्यवाणी गरे।’ द्वारे शाहीले भने, ‘धामीले भविष्यवाणी बोलेर गर्ने भएकाले त्यसलाई द्वारेमार्फत शब्दमा उतारेर राष्ट्रिपतिसमक्ष पठाइन्छ।’

    आज अपराह्न ३ बजेपछि जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु सहित राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थितिमा जबरजङ्ग गण देवीघाटका नेपाली सैनिकले निशान झण्डा र भैरवी सलामीको बढाइँ दिँदै लावालस्करसहित भैरवीदेवी मन्दिर परिसरमा पुगेपछि द्वारेबाट सिन्दूर छर्केसँगँ यस वर्षको सिन्दूरेजात्रा मनाइने गरिएको छ।

    गत फागुपूर्णिमाको दिनदेखि भैरवी वर्ष बन्धन सुरु भए पनि वैशाख २ गते साँझ बूढीदेवता स्थान परिसर र भैरवीदेवी मन्दिर परिसरमा लिङ्गो ठडाएसँगै विशेष उल्लास सुरु भएको हो। यो उल्लास आज सिन्दूर खेल्ने समयसम्म कायम रहने गरेको छ। भैरवी वर्षबन्धन–२०७८ को धार्मिक विधि भने वैशाख १३ गतेसम्म कायम रहने द्वारे शाहीले जानकारी दिए।

    सरकारी जात्राको रुपमा रहेको सिन्दूरेजात्रा कहिलेदेखि सुरु भएको यकीन मिति पाइन्न तर, विसं १८०१ मा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजयी गरेपश्चात् भैरवीदेवी मन्दिर परिसरमा साततले दरबारको निर्माण गरेर जात्रालाई विशेषरुपमा मनाउने व्यवस्था मिलाएको बताइएको छ।

    सिन्दूरेजात्राको विशेष रौनक लिङ्गो उठाउने, भैरवीदेवी मन्दिरको रथयात्रा, जीवित भगवान्को रुपमा रहेका धामीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा भोगबली, राष्ट्रमा के हुन्छ भने गरिने गोप्य भविष्यवाणी, जालपादेवी मन्दिरबाट फर्केपछि जिल्लाका सरोकारवाला व्यक्तिको उपस्थितिमा खेलिने सिन्दूर मुख्य आकर्षण र महत्वको रुपमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    धादिङमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० जना घाइते

    चुनावको दिन पानी पर्ने सम्भावना, कस्तो छ आगामी ३ दिनको मौसम?

    हुम्लामा म्यादी प्रहरीको मृत्यु

    आजको मौसम : यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’

    पहाडी भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    ताजा समाचार
    १.

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    २ घण्टा अघि
    २.

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    २ घण्टा अघि
    ३.

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    ३ घण्टा अघि
    ४.

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    ३ घण्टा अघि
    ५.

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    ३ घण्टा अघि
    ६.

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    ३ घण्टा अघि
    समाचार
    थप

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution