तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने रुसले चेतावनी दिएको छ।
रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ मस्कोमा प्रेस सम्मेलनमा यस्तो बताएका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धहरूको विकल्प तेस्रो विश्वयुद्ध हुने भनेको बताउँदै लाभ्रोभले तेस्रो विश्वयुद्ध भए त्यो ‘परमाणुयुद्ध’ हुने चेतावनी दिएको बीबीसीले जनाएको छ।
तर, विश्वयुद्धको सोच आफूहरुमा नरहेको उनले बताए।
लाभ्रोभका अनुसार तर त्यो कुरा ‘केवल पश्चिमा नेताको मस्तिष्कमा छ, रुसी जनताको मस्तिष्कमा छैन।’
‘यदि हामीविरुद्ध वास्तविक युद्ध सुरु भयो भने त्यस्तो योजना बनाउनेहरूले त्यसबारे सोच्नुपर्छ। मेरो विचारमा त्यस्तो योजना बनिसकेको छ।’ उनले भने। एजेन्सी
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |