पश्चिम चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन्।
भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज दिउँसो ३ः३० बजे गैँडाको आक्रमणबाट दुई घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो रहेका छन्।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार घर अगाडि घाम तापेर बसिरहेको अवस्थामा उनीहरूलाई गैँडाले आक्रमण गरेको हो।
गैँडाको आक्रमणमा परी दुवै जना खतरामुक्त रहेको र उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको उनले जानकारी दिए।