कोरोना संक्रमणको हटस्पट बन्दै गएको काठमाडौंमा मात्रै एकैदिन ४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा मात्रै ४००४ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर थपिएका नयाँ संक्रमितको आधाभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाका मात्रै छन् । काठमाडौं उपत्यकामा ५ हजार ५४९ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४००४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ संक्रमित छन् ।
माघ महिना लागेसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण निरन्तर उकालो लागेको देखिन्छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा माघ १ गते २२२०, माघ २ गते ३३४७, माघ ३ गते ३०३० र माघ ४ गते ५५४९ जना संक्रमित थपिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |