प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको पछिल्लो मन्त्रिपरिषद् विस्तारलाई धेरैले आलोचना गरेका छन।
खासगरि गैरसांसदलाई मन्त्री बनाइएको भन्दै देउवा सरकारको चौतर्फी विरोध भइरहेको छ।
यसैबीच, संविधानविद् डा.भीमार्जुन आचार्यले पनि शुक्रबारको मन्त्रिपरिषद विस्तारको घटना दुस्खद् र आपत्तिजनक रहेको बताएका छन्।
सामाजिक सञ्जाल मार्फत उनले प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पहिलेको मन्त्रिपरिषद मुलुकका लागि ठिक थिएन भन्दै यी दुबै मन्त्रिपरिषद मुलुकका लागि खराब रहेको बताए।
‘यी दुबै मन्त्रिपरिषद खराब थिए, खराब नै रहने भए,’ शनिबार बिहान ट्वीटरमा लेख्दै आचार्यले भनेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सिफारिसमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको भन्दै सो कुरामा पनि आचार्यले आपत्ति जनाएका छन।
हिजोको मन्त्रिपरिषद् विस्तारको घटना दुखद् र आपत्तिजनक छ, तर यसको अर्थ देउवा भन्दा पहिलेको मन्त्रिपरिषद् मुलुकका लागि ठीक थियो भन्ने कदापि होइन । दुवै खराब थिए, खराबै रहने भए।
— Bhimarjun Acharya (@BhimarjunPhD) October 9, 2021
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |