युट्युबले खोपीविरोधी सामाग्री हटाउन थालेको छ । युट्युबले ‘हाइ प्रोफाईल’ प्रयोगकर्ताका विवादास्पद सामाग्री हटाउन थालेको हो । युट्युबले कोभिड–१९ को उपचारसँग सम्बन्धित विवादास्पद सामाग्रीलाई यसअघि नै हटाइसकेको छ । महामारीको समयमा स्वास्थ्य उपचारमा षडयन्त्र फैलाइएको भन्दै युट्युबले गम्भिर चासो देखाउँदै आएको छ ।
‘कोभिड खोपबारे फैलाइएका अफावा र गलत सूचनालाई हामीले साईटबाट हटाएका छौं,’ युट्युबले एक विज्ञप्तिमा भनेको छ । अहिलेसम्म युट्युबले जोसेफ मर्कोला, शेरी टेनेपेनी, रोर्बट एफ केनेडी जुनियरका युट्युब च्यानल बन्द गरेको छ ।
अमेरिकी चिकित्सक टेनेपेनीले खोपविरोधी गतिविधिलाई बृहत रूपमा प्रचार गर्नुका साथै मास्क नलगाउन र कोभिड परीक्षण नगर्न दुरुत्साहन गर्दै आएकी थिइन् । खोपले अटिजम निम्त्याउन सक्ने उनको दाबी छ ।
त्यस्तै, फ्लोरिडाका चिकित्सक मर्कोलाको च्यानललाई पनि युट्युबले प्रतिबन्ध लगाएको छ । यसअघि न्युयोर्क टाइम्सको एउटा लेखमा उनीबारे यस्तो शीर्षक दिइएको थियो –अनलाईनबाट कोभिडबारे गलत सूचना प्रसारण गर्ने प्रभावशाली व्यक्ति ।
कोभिडबारे गलत सूचना दिएको भन्दै युट्युबले रोबर्ट एफ केनेडी जुनियरलाई इन्सटाग्राममा रोक लगाएको थियो । युट्युबले अहिलेसम्म कोभिडविरोधी १ लाख ३० हजार सामाग्री हटाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |