गुरुकुल नयाँ बजार र भाष्कर मेमोरियलद्वारा एसईई को नतिजा पर्खेर बसेका विद्यार्थीलाई लक्षित गर्दै उत्प्रेरणामूलक परामर्श सहित इन्ट्रान्स बुस्टरको विमोचन | गुरुकुल नयाँ बजार र भाष्कर मेमोरियल स्कूलको कार्यक्रममा डा. महाविर पुनले इन्ट्रान्स बुस्टरको विमोचन गर्नुभयो !
२०७८।०४।०१ मा आयोजक गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियल स्कूल फूलवारीले भर्चुअल कार्यक्रम (जुम) मा , प्रमुख अतिथि डा. महावीर पुनद्वारा इन्ट्रान्स बूस्टर बूकको बिमोचन । एसइइ दिएर बसेका विद्यार्थीलाई उत्कृष्ट प्लस टु मा नाम निकाल्न सफल हुनको लागि अति नै उपयोगी । पोखराका करिब २ दर्जन प्रतिष्ठित कलेजमा लामो समयसम्म अध्यापन गराइरहनुभएका अनुभवी प्राध्यापकहरुको प्रयासबाट तयार पारिएको पुस्तक । करिब २५००मल्टीपल च्वाइस प्रश्नहरु, उत्तर र व्याख्या सहित प्लस दुई पढ्दा पनि उपयोगी हुने पुस्तक । महावीर पुनले यो पूस्तक अतिनै उपयोगी हुन सक्ने र एमसीक्यु को उत्तर दिँदा ध्यान दिनु पर्ने कुराहरुमा प्रकाश पार्नु भयो ।
विशिष्ट अतिथिहरु
कान्तिपुर टेलिभिजनकी समाचार सह–सम्पादक श्री पाण्डेले विद्यार्थीहरुलाई अआफ्नो क्षमता र रुचीलाई आधार मानेर विषय छनोट गर्नुपर्ने सुझाव दिनु भयो । विशिष्ट अतिथि डा. तारा जी ख्याती प्राप्त ‘मोटिभेटर स्पिकर’ सफल जीवनको लागि ध्यान दिनुपर्ने कुराहरु र सहि गन्तब्य पहिचान सम्वन्धि उत्प्रेरणा सम्बन्धि उत्प्रेरणामूलक भनाइहरु राख्नु भयो । विशेष अतिथि वक्ताहरु डा. सूरज अधिकारी जोसिका बरालले आफ्ना अनुभवहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता दुई विद्यालयका अध्यक्ष माधवी देवी बास्तोलाले गर्नु भयो । र कार्यक्रम अत्यन्तै सफल भएकोमाा खुसी व्यक्त गर्नु भयो । विद्यालयका प्रवन्ध निर्देशक विश्वराज वास्तोलाले कार्यक्रमको उपयोगिताको वारेमा चर्चा गर्नु भयो । विद्यालयका संरक्षक धर्मराज कोइराला, गुरुकुल मा.वि.का प्राचार्य अचुत पाण्डेले स्वागत गर्नु भयो । प्लस टु संयोजकद्वय रवि कार्की र बशन्त कुमार श्रेष्ठले गुरुकुल मा.वि. र भाष्कर मेमोरियल स्कूलका विशेषताहरुका बारेमा व्याख्या गर्नु भयो । कार्यक्रमको सञ्चालन भाष्कर मेमोरियल स्कूलका प्राचार्य नारायण आचार्यले गर्नुभयो ।
विद्यालयका विशेषता
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |