म आम सन्चार अध्यनरत पत्रकारिताको विद्यार्थी हुँ, नेपाली अन्लाईन मिडियामा समचारहरु खोज अनुसन्धान गरेर प्रकाशन गर्ने भएकोले नेपाली पत्रकारहरूका लागि प्रेस काउन्सिल नेपालले तयार पारेको आचारसंहिता २०७३ को दफा २ (१) मा दिइएको पत्रकार शब्दको परिभाषा अनुसार म पनि पत्रकार हु । म राज्यको सधैँ भलो चाहने राष्ट्रसेवक हुँ ।
आज नेपालका असल पत्रकारहरू ओझेलमा परेका छन्, युट्युबे, र फेसबुके पत्रकारले असल पत्रकारलाई पनि म पत्रकार हु भनी परिचय दिन लाजमर्दो वातावरण सिर्जना गराएका छन् यसैले, म पत्रकारिता पेसा भित्र देखिएका व्यवहारिक विकृतिहरूलाई उजागर गर्न चाहन्छु । जहाँसम्म मैले बुझेको पत्रकारिता भनेको घटनाहरूको अनुसन्धान, विवरणलाई विभिन्न शैलीबाट गरिने सङ्कलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतीकरण हो । जस भित्र निम्नकुराहरु कहाँ, के, कहिले, कसरी, किन, कसको लागि र परिणाम जस्ता कुराहरू लाई समेटेर घटना विवरण तयार पारेर सम्प्रेषण गरिन्छ । यो जानकारीमूलक, शिक्षामूलक, चेतनामूलक, निश्चित समूहप्रति लक्षित, समयसापेक्ष र समाचार संरचना तथा अङ्गले भरिपूर्ण एवं अर्थपूर्ण हुन्छ ।
पत्रकारहरूलाई राज्यको चौथो अङ्गको रूपमा परिभाषित गरिएको छ । पछिल्लो समयमा नेपाली पत्रकारितामा विकृति देखिएको छ । नेपाली पुराना पत्रकार चक्रपाणि नेपालको भनाइलाई लिने हो भने पत्रकारिता पेसामा रहेका पत्रकारहरू अहिलेको समयमा सबै नेतामुखी भएका छन्, राष्ट्रिय स्तरमा चिनिएका हरेक नेताका पछाडि एक-दुई पत्रकार त लागेकै हुन्छन् । कतिपयले जानी-जानी पितपत्रकारिता गरिरहेका छन् ।
नेपालको संविधानको पालना गर्नु र मानवअधिकारको संरक्षण गर्नु प्रत्येक नेपालीको दायित्व हो यसमा पत्रकारहरू टाढा रहन सक्दैनन् । सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले सूचना दिन नपर्ने विषय भनी उल्लेख गरेका विषयहरूमा निहुँ खोज्ने गरेको हामी कतिपय सूचना दिनुपर्ने व्यक्तिहरूले भोगेका छौँ ।
नेपालको संविधानको धारा १६ र १७ मा सम्मानपुर्वक बाच्न पाउने हक र वैयक्तिक स्वतन्त्रताको हकको व्यवस्था भएको र उक्त हकको साथै मानव अधिकारको हनन् हुनेगरी भएका जुनसुकै कामलाई नियन्त्रण गर्ने र गराउने जिम्मेवारी पत्रकारको हो ।
सूचना विभागले वितरण गर्दै आएको प्रेस कार्ड पनि पत्रकारिता गर्नेले भन्दा नगर्नेहरूको हातमा चाडो पुग्ने गरेको छ । बन्दको समयमा यस किसिमका गैर पत्रकारहरूले प्रेसको दुरुपयोग गरी हिँड्नाले क्रियाशील पत्रकारहरूलाई अप्ठ्यारो हुने थालेको छ । एउटै पत्रकार व्यापारी, एनजिओ/आइएनजिओकर्मी, सरकारी वा अर्ध सरकारी निकायको प्रतिनिधि, शिक्षक लगायत पेसामा आबद्ध भएको हुन्छ । यस्ता अनगिन्ती विकृतिहरू यो लकडाउनमा पत्रकारिता क्षेत्रमा हुन थालेको छ । यस कारणले गर्दा आजभोलि पत्रकारहरूलाई आम नागरिकहरूले हेर्ने दृष्टिकोण छुट्टै बनाउन थालेका छन् ।
पत्रकारिताको लागि नेपालमा यति नै पढ्नु तथा अध्ययन गर्नुपर्दछ भन्ने कुनै मापदण्ड नभए पनि नेपाली पत्रकार विष्णु प्रसाद खनालका अनुसार आफू पाठक, दर्शक तथा श्रोता बनेर आफ्नो लेखाइ, बोलाइ र प्रसारणमा यो कुरा पुगेन भनेर गुनासो गर्ने स्थान हुनुहुँदैन, त्यही नै पत्रकारिताको लागि चाहिने पढाइ वा अध्ययन हो ।
प्रतिस्पर्धामा माथि आउन गलतै भए पनि जे बिक्छ, त्यसैलाई समाचार बनाउने र अरूको टाउको कुल्चेर आफू माथि पुग्ने नियत केही सञ्चार संस्थाहरु अघि बढेका छन।
आज पत्रकारिता पेसामा देखिएका विकृतिहरूको माथिका उदाहरण प्रतिनिधि मात्रै हुन प्रविधिको बढ्दो प्रयोगले अझ धेरै नयाँ चुनौतीहरू देखा पर्न थालेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |