विगत दुई महिनादेखि रौतहटको लमाहखोला पुलमा निरन्तर सर्प देखा पर्न थालेपछि चौतर्फी उत्सुकता र चासाको विषय बनेको छ । सर्प नभएर नाग देवता भएको विश्वासले स्थानीयहरू दैनिक रुपमा सर्पको दर्शन र पूजा आराधना गर्न लमाहखोलामा जम्मा हुने गरेका छन् ।तराईँ क्षेत्रमा सर्प दखिनु सामान्य मानिए पनि उक्त सर्पले अनौठो स्वभाव देखाएको भन्दै त्यस क्षेत्रको संरक्षण गरी मन्दिर स्थापना गर्न वडा कार्यालय र नगरपालिकालाई स्थानियले माग गरेका छन् । दैनिक रूपमा नागको दर्शन गर्ने मान्छेको भिड लागेपछि मध्यान्ह १२ बजेतिर सर्प बाहिर निस्किएर दर्शन दिने गरेको स्थानिय बताउछन्
। कतिपयले त सर्पले रङ समेत परिवर्तन गर्ने गरेको बताए । उपस्थित भक्तजनका अनुसार त्यतिधेरै मान्छेको भिड र होहल्लाले पनि सर्प कतै नभाग्ने गरेको र आफ्नै चालमा संरक्षित क्षेत्रमा यताउति गरेर भित्र पस्ने गरेको छ
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |