वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्ग अवरुद्ध भएका हुन्।
बाढी र पहिरोका कारण देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकतर्फी मात्रै सञ्चालनमा छन्।
असारयता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
कार्यालयले नजिकैका हेभी इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म दुबैतर्फ नसकेमा एकतर्फि सञ्चालन गरिरहेको जनाएको छ। मनाङ र लमजुङका विभिन्न खण्डमा मस्याङदी नदीले ट्रयाक बगाउँदा र ठूलो ढुङ्गा सहित पहिरो जाँदा डुम्रे–बेशीशहर–चामे सडक अवरुद्ध छ ।
लमजुङको रामबजार, अर्गले, घट्टेखोला र च्याम्चे खण्डमा सडक असार १ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन। अरनिको राजमार्गमा लिपिङ पुल क्षतिग्रस्त हुँदा त्यहाँको यातायात पूर्ण रुपमा ठप्प छ।
बछामको साँफेबगर–मार्तडी–कोल्टी सडक पनि अझै खुल्न सकेको छैन। असार १ गतेदेखि अवरुद्ध भएको रसुवाको गल्छी–त्रिशूली–वेत्रावती खण्डको विकल्प भएकाले तत्काल मर्मत नहुने सडक विभागले जनाएको छ।
तत्काल पूर्णरुपमा नियमित हुन नसक्ने राजमार्गमा एकातिरबाट पहिरो पन्छाएर सवारीसाधन नियमित गरिएको विभागले जनाएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |