• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र ९, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र ९, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

रुख समाएर बाचेका मेलम्ची का नारण सुनाउछ्न बाच्छु जस्तो लागेको थिएन , भाग्य ले बचायो ।

होमपेज / Flash News
  • ४२९ पटक पढिएको


  • २०७८ अषाढ ७, सोमबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सानो खोलामा सारिरहेका थिए ।

    असार १ गते साँझ ६ बजे हेलम्बुमा पहिरो आएको सूचना पाएपछि माछा जोगाउनका लागि हतारहतार काम गर्दैै थिए ।

    केही माछा सानो खोलामा सारिसकेका थिए तर केही बाँकी थिए । काम गर्दागर्दै एक्कासि मुखका झ्याम्म बालुवाले हानेजस्तो भयो नारायणलाई ।

    एकै सेकेन्डमा उनी ढुंगामा ठोक्किन पुगे । हिलोको छालमा कहिले तल त कहिले माथि बजारिँदै गए उनी ।

    पानीमुनि लगभग १ मिनेटसम्म रहँदा पनि उनले चेत गुमाएनन् । ‘पानीमुनि म होसमै थिएँ, आँखा हेर्न सकिनँ, सास फेर्न सकिनँ,’ बाढीमा बग्दै गर्दाको अनुभूति सुनाउँदै नारायणले लोकान्तरसँग भने, ‘अँध्यारो थियो । आँखा खोल्न सक्ने कुरै भएन, ढुंगाले त कति हाने हाने ।’

    कसो–कसो ५ मिनेटपछि नारायणको टाउको. पानीबाट बाहिर भयो । उनले रुख देखे, अर्का १ जना अर्थात् ज्ञानेन्द्र पनि रुखमा समाएर बसेका थिए । 

    भाग्यले उनलाई त्यहीँ रुखमा लग्यो, उनले तुरुन्तै रुख समाए । बाढीको बीचमा सहकर्मीसँगै भएपनि एकअर्कासँग बोल्ने हिम्मत भएन । बाढीको छालले रुखलाई निरन्तर हल्लाइरह्यो । रुखको सहारामा भएपनि दैवले आजै लैजान्छ जस्तो लागिरह्यो उनीहरूलाई ।

    दैवले लाने दिन आजै रैछ, यो रुख नबगाउन्जेल बाँचौंला जस्तो लागेको थियो,’ नारायणले लोकान्तरसँग अनुभूति सुनाउँदै भने, ‘तर ज्ञानेन्द्र दाइलाई त बगाइहाल्यो ।’ सँगै रुखमा समाएर अड्केका सहकर्मी ज्ञानेन्द्रलाई बाढीले बगाएको तलसम्म हेरिरहे नारायण । यी दृश्य र परिवेश हेर्दा नारायणले आफू बाँचिन्छ भन्ने आश मारिसकेका थिए ।

    ‘दाइलाई तलसम्म लगेको देखें, अब मेरो पनि पालो आयो, बाँच्दिनँ भन्ने लाग्योे, अब २ मिनेट होला जस्तो लाग्यो तर रुख भने समाइरहें,’ उनले भने ।

    रुख समाइरहेका उनको शरीरमा बाढीले हानिरहेको थियो । करीब आधा घण्टाको बीचमा उनले धेरै मानिस सम्झे । आमा, छोराछोरी, पत्नीलाई सम्झिँदै उनले भूकम्पले भत्काएको घर बनाउने सपना पनि चकनाचुर भएको ठहर गरे ।

    पत्नी नमूना चालिसेलाई कैयौंपटक सम्झेको नारायणले बताए । ‘सबैभन्दा धेरै सम्झेको उनलाई (पत्नी) हो, कसरी घर चलाउँलिन्, मन कसरी थाम्लिन्, छोराछोरीलाई के भन्लिन् भन्ने कुरा मनमा खेलिरह्यो,’ नारायणले भने ।

    रुखमा समाएकै बेलामा उनले लगाएको जाङे (हाफ पाइन्ट) गह्रुंगो भए जस्तो लाग्यो । त्यही जाङेका कारण हात फुस्केला जस्तो भएपछि उनले त्यो खुट्टाले फुकालेर फालिदिए । उनको त्यो जाङेमा ७० हजार रुपैयाँ थियो । ‘आफैं त बाँचिन्छ जस्तो लागेको थिएन, पैसाको के माया भयो र ?’ नारायणले भने ।

    आधा घण्टाको त्यो संघर्षपछि बाढी अलि कम भयो । ‘जेसुकै होस्, यसै मर्ने उसै मर्ने ! बाँचे त बाँचिहालियो’ भनेर उनी बाहिर निस्कने खोजे । अलिकति पौडिन जानेका उनी खोलाको पल्लो छेउमा कसरी–कसरी पुगे, अनि निस्किए ।

    बाढीले थिचेर उनको ज्यान थिलो–थिलो भएको थियो । उनी कट्टुमा मात्रै थिए । लाज हराइसकेको थियो । आफू बाँचेको छु भन्ने पनि उनलाई भान भएको थिएन । अर्धचेतमा थिए, १ घण्टा हिँडेर घर पुगे ।

    घरमा पुगेर उनी बेहोस भए । परिवारले अस्पताल लगेर उपचार गर्‍यो । असार २ गते बिहान मात्रै उनी होसमा आए । अझै पनि उनी राम्रोसँग बोल्न सक्दैनन् । बाढीले बगाएर बाँचेका उनी अहिले परिवारसँग बसिरहेका छन् ।
     
    आइतवार साचो खबर कर्मी उनको घरमा जाँदा आफन्तको बीचमा हँसिलो मुद्रामा बसेका थिए । उनको छेवैमा उनकी पत्नी नमूना थिइन् । हँसिलो मुद्रामा पतिको स्याहार गर्दै थिइन् भने उनका छोरा पनि बुवाको नजिकै बसेका थिए ।

    ‘माथिबाट बाढी आयो, तल सबै बगाएको देखेका थियौं । उहाँ (नारायण) को फोन पनि लागेको थिएन । हामीलाई जिउँदै हुनुहुन्छ भन्ने आशा मरिसकेको थियो,’ नमूना चालिसेले साचो खबर सँग भनिन्, ‘अरुलाई फोन हान्दा सबै बगाएर लग्यो भनेका थिए ।’

    घरपरिवारमा रुवाबासी चल्यो, खोज्न पनि कहाँ जाने केही पत्तो थिएन । राति भएको थियो, मुसलधारे पानी परेको थियो ।

    एक्कासि साँझ नारायण घरमा टुप्लुक्क आइपुगेपछि सबै जनाको सास आयो । सबै खुशी भए । तर उनको शरीरभरि घाउचोट देखेपछि स्थानीय अस्पतालमा उपचार गराइएको नमूनाले साचो खबर लाई बताइन् ।

    सबैभन्दा खुशी त नारायणकी आमा ७२ वर्षीया चनमती चालिसे थिइन् । बाढीको खबर सुन्दा आफ्नो कोख रित्तिएको जस्तो लागेको थियो उनलाई । ‘छोरा आएपछि यति धेरै खुशी भए कि त्यो दिन भातसम्म खाइनँ खुशीले,’ चनमतीले साचो खबर सँग आफ्नो अनुभूति सुनाइन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग

    मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं

    न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती

    क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा

    रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution