पोर्चुगल र युभेन्टसका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा ३०० मिलियन फलोअर्स पुग्ने पहिलो व्यक्ति बनेका छन् । लोकप्रिय समाजिक सञ्जाल इन्स्टाग्राममा ३०० मिलियन जनाले फलो गरेका रोनाल्डो एकमात्र ब्याक्ति हुन् ।
इन्स्टाग्राममा रोनाल्डो भन्दा बढी फलोअर्स स्वयम इन्स्टाग्रामकै रहेको छ । इन्स्टाग्रामलाई इन्स्टाग्रामको ३९१ मिलियनले फलोअर्स गरेका छन् ।
हाल इन्स्टाग्राममा रोनाल्डाका ३ सय १ मिलियन फलोअर्स रहेका छन् । पछिल्लो ६ महिनामा उनको इन्स्टाग्राममा १०० मिलियन फलोअर्स बडेका छन् ।
इन्स्टाग्रामको मार्केटिङ कम्पनी होपरका अनुसार रोनाल्डोले प्रत्येक प्रायोजित इन्स्टाग्राम पोष्टका लागि ९ लाख युरो लिने गर्दछन् । उनले इन्स्टाग्राम पोष्ट गरे बापत हरेक बर्ष ४८ मिलियन युरो कमाउने गर्दछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |