• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र १४, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    २ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र १४, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

डेङ्गी: ‘चमत्कारिक’ लामखुट्टेले डेङ्गी ७७ प्रतिशतले घटाउँछ

होमपेज / स्वास्थ्य
  • ६६७ पटक पढिएको


  • २०७८ जेष्ठ ३१, सोमबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • डेङ्गी रोग फैलाउने लामखुट्टेलाई ब्याक्टेरियाबाट सङ्क्रमित पारेर गरिएको एउटा “अभूतपूर्व” परीक्षणमा डेङ्गी ज्वरोको घटनामा ७७ प्रतिशतले कमी आएको पाइएको वैज्ञानिकहरूले बताएका छन्।

    त्यो परीक्षणमा उनीहरूले “चमत्कारिक” ब्याक्टेरियाबाट सङ्क्रमित लामखुट्टे प्रयोग गरेका थिए।

    त्यस्तो सङ्क्रमणले डेङ्गी फैलाउने लामखुट्टेको क्षमतामा ह्रास ल्याउँछ।

    इन्डोनेसियाको योगाकार्ता सहरमा उक्त परीक्षण गरिएको थियो। जस बाट यो पत्ता लाग्यो कि जुन हामी ले सोच्न पनि सकेको थिएनौ ।

    भाइरस अन्त्य गर्ने आशाका साथ त्यसलाई अन्यत्र पनि विस्तार गरिँदै छ।

    वर्ल्ड मस्किटो कार्यक्रम समूहले विश्वभरि फैलिएको उक्त भाइरसका लागि यो एउटा समाधान हुनसक्ने बताएको छ।

    आजभन्दा ५० वर्षअघि केही मानिसहरूले मात्र डेङ्गीबारे सुनेका थिए।

    Trials

    तर अहिले डेङ्गीका घटनाहरू नाटकीय रूपमा बढिरहेका छन् र यो कम गतिमा भएपनि निरन्तर फैलिरहेको महामारी बनिरहेको छ।

    सन् १९७० मा ९ वटा देशहरूले मात्र गम्भीरखाले डेङ्गी महामारीको सामना गरेका थिए।

    अहिले भने एक वर्षमा ४० करोड सङ्क्रमणसम्म हुने गर्छ।

    मांसपेशी र हड्डीमा गम्भीर दुखाइ निम्त्याउने भएकाले डेङ्गीलाई अङ्ग्रेजीमा “ब्रेक-बोन फिभर” भनेर पनि चिनिन्छ।

    मेरो शत्रुको शत्रु

    उक्त परीक्षणमा वोल्बाकिया नामक ब्याक्टेरियाबाट सङ्क्रमित लामखुट्टेहरू प्रयोग गरिएको थियो।

    एकजना अनुसन्धानकर्ता डा. केटी एन्डर्स ती ब्याक्टेरियालाई “प्राकृतिक रूपका चमत्कारिक” भनेर व्याख्या गर्छिन्।

    वोल्बाकिया लामखुट्टेलाई हानी गर्दैन तर डेङ्गी भाइरस भित्रिनका लागि लामखुट्टेको जुन हिस्साको आवश्यकता पर्छ त्यहीँ बस्छ।

    ब्याक्टेरियाले स्रोत पाउन प्रतिस्पर्धा गर्छ र भाइरसलाई उसलाई परास्त गर्न कठिन बनाइदिन्छ। त्यसले गर्दा उक्त लामखुट्टेले पुन: टोक्दा पनि सङ्क्रमण हुने खतरा कम हुन्छ।

    उक्त परीक्षणमा वोल्बाकिया सङ्क्रमित ५० लाख लामखुट्टेका अण्डाहरू प्रयोग गरिएको थियो।

    हरेक दुई सातामा सहरको कैयौँ बाल्टी पानीमा अण्डाहरू राखिन्थे र सङ्क्रमित लामखुट्टेहरू बन्ने प्रक्रिया पूरा हुन ९ महिना लाग्थ्यो।

    योगाकार्तालाई २४ क्षेत्रमा बाँडिएको थियो र त्यसमध्ये आधा क्षेत्रमा मात्र यस्ता लामखुट्टेहरू छाडिएका थिए।

    उक्त परीक्षणको नतिजा न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको छ।

    त्यसमा सङ्क्रमित लामखुट्टे छाडिएपछि डेङ्गी लाग्ने दरमा ७७ प्रतिशत र उपचारका लागि अस्पताल जानुपर्ने दर ८६ प्रतिशतले घटेको उल्लेख छ।

    “यो निकै उत्साहजनक छ, यो हामीले आशा गरेको भन्दा निकै राम्रो देखिएको छ,” एन्डर्सले बीबीसीसँग भनिन्।

    यो उपाय निकै सफल रह्यो। सङ्क्रमित लामखुट्टेहरू पूरै सहरमा छाडिएका थिए।

    उक्त आयोजनाले अन्य नजिकैका क्षेत्रहरूलाई पनि समेटेर त्यस क्षेत्रबाट डेङ्गी अन्त्य गर्ने लक्ष्य राखेको छ।

    डा. एन्डर्स वर्ल्ड मस्किटो कार्यक्रमकी प्रभाव मूल्याङ्कन निर्देशक पनि हुन्।

    उनी भन्छिन्, “यो नतिजा अभूतपूर्व छ। डेङ्गीको ठूलो समस्या भएका विश्वका ठूला सहरहरूमा यसलाई विकास गर्न सकेमा यसको प्रभाव अझ बढी हुन्छ जस्तो मलाई लाग्छ।”

    वोल्बाकिया पनि शानदार रूपमा हेरफेरकारी (म्यानुपुलेटिभ) हुन्छ र त्यसले लामखुट्टेको प्रजनन शक्तिलाई परिवर्तित गरेर अर्को पुस्तामा सार्न सक्छ।

    त्यसको अर्थ एक पटक उक्त ब्याक्टेरिया लामखुट्टेमा पसेपछि त्यसले दीर्घकालका लागि काम गर्न सक्छ।

    यो अन्य नियन्त्रणका उपायभन्दा पूर्णत: फरक छ।

    योगाकार्ताकी विपद् निवारण निकायकी प्रमुख डा. युडिरिया अमेलिया भन्छिन्, “हामी यो नतिजाबाट प्रसन्न छौँ। हामी यो तरिकालाई इन्डोनेसियाका अन्य क्षेत्रमा पनि फैलाउन सकिन्छ भन्ने ठान्छौँ।”

    बोस्टन विश्वविद्यालयका विश्व स्वास्थ्य तथा उपचारबारेका प्राध्यापक डेभिड ह्यामर यो विधि जिका, एलो फिभर, चिकुनगुनियालगायतका लागि पनि उपयुक्त हुनसक्ने सम्भावना देख्छन्।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    दुई अर्ब लगानीमा चितवनमा खुल्याे नयाँ क्यान्सर अस्पताल

    बिराटनगरमा एक दिवसिय मानसिक स्वास्थ सम्बन्धी गोष्ठी सम्पन्न

    गण्डकी प्रदेशका महिलाले अब क्यान्सरको उपचारमा सरकारी सहुलियत पाउने

    रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा देखियो कुष्ठरोग

    खोप लगाइदिन १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय

    देशभर थपिएका नयाँ संक्रमितको आधाभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    २ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution