• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र ९, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र ९, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

खाने तेलको मूल्य किन बढ्यो यसरी?

होमपेज / समाचार
  • ७३६ पटक पढिएको


  • २०७८ जेष्ठ ३०, आईतबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कोरोना महामारी सुरू भएपछि उपभोक्ता बजार मूल्य आकासिएको छ।

    अहिले खाने तेलको मूल्य वृद्धिको भइरहेको छ। २०७६ चैत ११ गते पहिलोपटक लकडाउन लागू भयो। लकडाउन सुरू हुनेबित्तिकै खाने तेलको मूल्य बढ्न थाल्यो। सुरूमा लिटरमा पाँच/दस रूपैयाँ बढेको तेलको बजार मूल्यमा खास चासो भएन।

    जब २०७७ भदौ-असोजसम्म तेलको मूल्य हवात्तै बढ्यो तब बजार अनुमगन गर्ने सरकारी निकायको पनि आँखा पुग्यो। तर त्यतिखेर दसैं-तिहार छेको परेकाले भाउ बढेको र विस्तारै कम हुने सरकारले अनुमान गर्‍यो। तर यो अनुमान फेल खायो।

    कोरोनाको दोस्रो लहरपछि लागू निषेधाज्ञाका बीचमा पनि खाने तेलको भाउ बढ्न छाडेको छैन। तेलको मूल्य कति बढेको छ, पहिला त्यो हेरौं। नेपाली बजारमा खाने तेल विशेषगरी तीन प्रकारका स्रोतबाट आउँछन्ः भटमास, सूर्यमुखी र तोरी।

    यी तीनै स्रोतबाट बन्ने तेलका भिन्नभिन्न ब्रान्ड छन्। ब्रान्डअनुसार फरक मूल्य छ। हामीले यहाँ बजारमा प्याकेटमा पाइने सामान्य तेलको भाउ तुलना गरेका छौं।

    गत वैशाखमा सामान्य सूर्यमुखी तेल लिटरको एक सय ५० देखि एक सय ७० रूपैयाँसम्म थियो। त्यो बढ्दै दसैं-तिहारसम्म पुग्दा लिटरको दुई सय रूपैयाँ पुग्यो। मंसिरमा लिटरको दुई सय नै रहेको सूर्यमुखी तेलको मूल्य अहिले तीन सयसम्म पुगेको छ।

    विगत एक वर्षमा सूर्यमुखी तेलको मूल्य ७० प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

    भटमास र तोरी तेलको मूल्य पनि यही अनुपातमा बढेको छ। अघिल्लो वर्ष वैशाखमा लिटरको एक सय ४० रूपैयाँ पर्ने भटमासको तेल यो वर्ष वैशाखसम्म आइपुग्दा दुई सय ४० पुगेको छ। त्यस्तै तोरी तेलमा पनि भारी वृद्धि भएको छ।

    एक वर्षमै खाने तेलको मूल्य किन बढ्यो यसरी?

    नेपालमा वनस्पति तेल प्रशोधन तथा उत्पादन गर्नेहरूको संघले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको माग बढेकाले मूल्य बढेको जानकारी दिएको छ।

    हामीकहाँ खपत हुने तेलको कच्चा पदार्थका रूपमा सूर्यमुखी र भटमासको प्रशोधन नगरिएको तेल ल्याइन्छ। वनस्पति तेलको उत्पादन तथा प्रशोधन गर्ने उद्योगहरूले तोरी भने दाना नै ल्याउँछन्।

    अन्तर्राष्ट्रिय बजारमै तेलको मुख्य स्रोत भटमास, सूर्यमुखी तथा तोरीको भाउ बढेको उद्योगी-व्यवसायीले स्पष्टीकरण दिएका छन्। गत दसैंमा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुसन्धानमा पनि कच्चा पदार्थको मूल्य बढेको निष्कर्ष निकालेको थियो।

    वनस्पति घ्यू-तेल उत्पादक संघका अनुसार आयात लागत बढेकाले तेलको भाउ बढेको हो। हामीकहाँ तेलका कन्टेनर हल्दिया बन्दरगाह, पश्चिम बंगालबाट आउँछ। त्यहाँ भएको चुनाव र निषेधाज्ञाका कारण आयात लागत महँगो भएको हो। त्यस्तै भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालसम्म आइपुग्ने कार्गो लागत पनि बढेको संघको भनाइ छ।

    संघका अनुसार प्याकेजिङ लगायत अन्य सहायक कच्चा पदार्थको सामग्रीको मूल्य वृद्धिले पनि तेलको भाउ बढाएको हो। कच्चा पदार्थको मूल्य उतैबाट बढेर आउँदा यहाँ आयात कर बापतको रकम बढ्छ। अप्रशोधित तेलमा दस प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ। प्रतिलिटर चालीस रूपैयाँ कर पर्छ। यसले खाने तेलको उपभोक्ता मूल्य झन् आकासिएको संघको भनाइ छ।

    बजारमा उद्योगी-व्यवसायीले मूल्य बढाउनुपर्ने कुनै कारण नभएको संघका कोषाध्यक्ष जगदिश अग्रवाल बताउँछन्।

    ‘बजारमा खाने तेल अभाव कहिल्यै भएन। भण्डार जति पनि छ। मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको मूल्यबाहेक अरू केही कारण छैन,’ अग्रवालले भने।

    यदि बजारमा उद्योगी व्यवसायीले मूल्य बढाएका हुन् भने त्यसको अनुसन्धान गर्न राज्यलाई कुनै गाह्रो नभएको उनले बताए। प्रत्येक कम्पनीका वासलातसम्म पहुँच राख्ने राज्यले यो कुरा सहजै थाहा पाउने उनको भनाइ छ।

    व्यवसायीले कच्चा पदार्थको मूल्य बढेको बताए पनि कति बढ्यो भनेर प्रष्ट पारेका छैनन्। भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो वर्ष वैशाखमा आयातीत अप्रशोधित सूर्यमुखी र भटमासको तेल तथा तोरी दानाको मूल्य बढेको छ।

    विदेशबाट तेल आयात गर्नेले घोषणा गरेअनुसार विगत एक वर्षमा अप्रशोधित सूर्यमुखी तेलको मूल्यमा ३८ प्रतिशत वृद्धि भएको छ। अर्थात् अघिल्लो वैशाखमा एक सय पाँच रूपैयाँ लिटरमा आउने तेल अहिले एक सय ४७ रूपैयाँ पुगेको छ। भटमासको अप्रशोधित तेल पनि एक सय पाँचबाट बढेर एक सय ३६ पुगेको छ।

    कच्चा पदार्थको मूल्य वृद्धि जुन अनुपातमा भएको छ, प्रशोधित तेलको मूल्य करिब दोब्बर बढेको छ। यसको अर्थ कच्चा पदार्थसँगै अरू कारकले पनि काम गरेको हुन सक्छ। तर यसतर्फ सरकार तथा अनुगमन निकायले ध्यान दिएका छैनन्।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    १ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution