काठमाडौं-मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोभिड-१९ को संक्रमणबाट निधन भएको छ । आइतबार राति ११:५७ मा ४२ वर्षीय डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
डा. सुवेदी सञ्चालक एवं निर्देशक रहेको कोटेश्वरस्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालको व्यवस्थापन हेरिरहेका चिकित्सक डा. अमृत भुसालले उनको हिजो राति ११:५७ मा ह्याम्स अस्पतालमा निधन भएको पुष्टि गरे । डा. सुवेदीमा २५ दिनअघि कोभिड-१९ संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमै उपचार गरिएको थियो
अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्स अस्पतालमा ४ दिनदेखि उनको भेन्टिलेटरमा उपचार भइरहेका थियो । डा. सुवेदी इमाडोल ललितपुरका हुन् । उनी बंगलादेशमा पढेका हुन् । उस्ले स्वास्थ क्षेत्रमा धेरै नै योगदान दिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |