भारतको कानपुरमा सवारी दुर्घटना भएको छ ।
दुर्घटना मा १७ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशको कानपुरमा बस र लोडर ठोक्किंदा १७ जनाको मृत्यु भएको हो ।
सचेन्डी भन्ने स्थानमा भएको दुर्घटनामा कैयन् घाइते भएको र ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
बस र लोडर ठोक्किएपछि बस पल्टिएको थियो । शताब्दी ट्राभल्सको बस लखनउदेखि दिल्ली गइरहेको बताइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |