२५ जेठ, काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले चीनले मूल्य सार्वजनिक गर्न नचाहेका कारण कोरोना खोप खरिद प्रक्रिया अबरुद्ध भएको बताएका छन् ।
नेपालले एक करोड डोप खोप खरिद गर्ने गरी पहिलो खेपमा २० लाख डोज किन्ने प्रस्ताव गरेको थियो । औषधि व्यवस्था विभागले भेरोसेल खोपका लागि अनुमति दिएपछि नेपालले २० लाख डोज किन्न परराष्ट्र मन्त्रालयले बेइजिङस्थित नेपाली दूतावासमार्फत कुरा अगाडि बढाएको त्रिपाठीले बताएका छन् ।
चिनियाँ कम्पनीले ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ गर्ने प्रस्ताव गरेको भन्दै निवर्तमान मन्त्री त्रिपाठीले भने, ‘उसको डाटा कसैसँग सेयर गर्न पाइँदैन भन्ने कम्पनीको नियम रहेछ ।’
उनले अघि भने, ‘मूल्य खुलाएको भए खरिद प्रक्रिया अघि बढिहाल्थ्यो, त्यो नमानेपछि ढिला भयो ।’ २० लाख खोप कति मूल्यमा र कहिलेसम्म दिने भनेर नेपालले लेखेको अर्को पत्रको जवाफ चिनियाँ पक्षले अहिलेसम्म नदिएको उनले खुलाए ।
त्रिपाठीका अनुसार रुसबाट खोप किन्न नेपाल अग्रसर भए पनि रुसी पक्षले नै रेस्पोन्स नगर्दा ढिला भएको हो । ‘उच्चस्तरीय प्रतिनिधि मण्डल आएर आगामी डिसेम्बरसम्म ८० लाख डोज उपलब्ध गराउँछौं भनेको थियो । मैले ४० लाख चाहिँ अलि चाँडै गरिदिनुप¥यो भनेको थिएँ,’ उनले भने, ‘उहाँहरुको मूल्य त खुलेको थियो तर, कति–कति डोज कुन–कुन समयमा पठाउने भन्ने पनि खुलाएनन्, खोप पनि पठाएनन् ।’ चिनियाँ तर्फ बाट कुनै जानकारी नदिए पछि हामी अन्योल मा परेको पनि बताएका छ्न ।
उनले भारतीय कम्पनी शेरम इन्स्टिच्युटबाट ५० लाख खोप खरिद हुन नसकेको स्वीकार गरे ।
नेपालले सुरुमा प्रतिडोज ४ डलरका दरले २० लाख डोज कोभिसिल्ड खोप किनेको थियो । यो मूल्यमा भारत सरकारले सहयोग गरेको भन्दै उनले भने, ‘उसले चार डलरको दरमा काठमाडौं विमानस्थलमै ल्याइदियो । त्यहि बेला बंगलादेशले निकै महंगोमा भारतीय खोप खरिद गरेको थियो ।’
तर खरिद गरेकोमध्ये १० लाख डोज खोप आएको छैन । ५० लाख डोज खरिद प्रक्रिया पनि अगाडि बढेन ।
खरिद प्रक्रिया नबुझेर पनि समस्या भएको भन्दै उनले भने, ‘उसको नेपाल प्रतिनिधिले सरकारले खरिद गरे पनि १० प्रतिशत कमिशन पाउनुपर्छ भन्ने बुझेछ । उसले लगानी गरेर खोप ल्याएको भए मात्र १० प्रतिशत लिन पाउँथ्यो । चिनियाँ तर्फ बाट छिटै नि खोप आउने भनेता पनि हाल सम्म मुल्य नबताउदा हामी ले समय मा खोप निकाल्न सकेनौ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |