• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ चैत्र १३, सोमबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    २ हफ्ता अघि

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ महिना अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ महिना अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ महिना अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ महिना अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ चैत्र १३, सोमबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

अक्सिजन नपाएर पोखरामा सुत्केरीसहित ६ जना कोरोना संक्रमितको मृत्यु

होमपेज / Flash News
  • ३८४ पटक पढिएको


  • २०७८ जेष्ठ १४, शुक्रबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जेठ १४, काठमाडौं । हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेका बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको परिवार होसहवास उड्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर हाइफ्लो अक्सिजन दिएर सुत्केरीको उपचार भइरहेको थियो ।

     

    बिहीबार साँझ नै अस्पतालले अक्सिजन रेगुलर नभएको भन्दै घरि अक्सिजन दिने, घरि नदिने गरिएको सुत्केरीका आफन्तले बताए । ‘हाइफ्लोमा अक्सिजन रेगुलर छैन भन्यो । आउँछ आउँछ भन्छ, आउँदैन । अक्सिजन नपाएको १ घन्टा हुन लागिसकेको थियो, हामी आफैं अक्सिजन उद्योगमा पुग्यौं,’ सुत्केरी महिलाकी भाञ्जाले भने, ‘औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा पुगेर रोइकराइ गर्यौं । हामी किन्छौं, केही अक्सिजन उपलब्ध गराइदिनुस् भन्यौं तर पाएनौं । फर्किंदा माइजूको मृत्यु भइसकेको रहेछ ।’

     

    अक्सिजनको अभावले माइजूलाई गुमाएको उनले सुनाए । ‘अस्पतालले अक्स्जिन आउँदै छ भन्यो, उद्योगले सबैलाई दिएका छौं भनेर दिएनछ,’ सुत्केरीका श्रीमानले भक्कानिँदै भने, ‘आउँछ आउँछ भनेको अक्सिजन बिरामीको ज्यान गएको १ घन्टा भइसक्दा पनि आइपुगेको थिएन । बेलैमा अक्सिजन पाए उनी बाँच्थिन होला ।’

     

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहान ४ बजेसम्म अक्सिजनकै अभावले सुत्केरी महिलासहित ६ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा एक्कासी अक्सिजनको अभाव भएको र हाइफ्लो दिएर उपचार भइरहेका बिरामीले सोही अनुसार अक्सिजन नपाउँदा मृत्यु भएको हो ।

     

    पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पताल हो । यही अस्पतालमा एक्कासी अक्सिजनको अभाव हुँदा रातभर दौडादौड चल्यो तर पनि ६ जनाले ज्यान गुमाए ।

     

    तनहुँका ३ जना, म्याग्दी, पर्वत १ र स्याङ्जाका १ जनाको ज्यान गएको हो । अक्सिजन उद्योगले पयर्णप्त अक्सिजन सिलिन्डर पठाएको बताउँछ तर सरकारी अस्पतालमै अक्सिजनको अभावले बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थाको सिर्जना भएको हो । हाइफ्लो अक्सिजन नपाएर ज्यान गुमाएका संक्रमितका आफन्तले बेलैमा सचेत गराइदिएको भए आफैं जसरी पनि जोहो गर्ने बताउँछन् ।

     

    ‘हाम्रा आफन्त बचाउँन जहाँबाट जसरी पनि अक्सिजनको व्यवस्था गथ्र्यौ तर बेलैमा जानकारी भएन,’ बिरामीका आफन्तले भने, ‘डाक्टर, अर्सहरु त दौडेकोदौड्यै थिए, अक्स्जिनै सकिएपछि उनीहरुको पो के लाग्यो र ? यो अस्पताल प्रशासनका कारण हामीले आफन्त गुमायौं ।’

     

    कोभिड अस्पतालका फोकल पर्सन डा. शरद बरालले हाइफ्लो अक्सिजन नपाउँदा सुत्केरीको ज्यान गएको देखिएको र बाँकीमा अन्य दीर्घ रोगले बढी च्यापेको देखिएको बताए । अस्पतालमा हाइफ्लोका बिरामी बढ्दा एक्कासी अक्सिजनको समस्या देखिएको डा. बरालको भनाइ छ ।

     

    ‘हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामी एक्कासी बढे । यस्ता बिरामीमा अक्सिजनको फ्लो कम हुनेबित्तिकै ज्यान जान जाखिम हुन्छ,’ डा. बरालले भने, ‘मिहिनेत गर्दा गर्दै पनि पनि बचाउन सकिएन । यता सकिन लाग्दा ३ वटा सिलिन्डर भए पनि बोकेर ल्याउनु परेको छ । दौडधुप चलिरह्यो तर हाम्रोमात्र केही लागेन ।’

     

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालमा पूर्व उपकुलपति, डिन र डाक्टरहरुकै लगानीमा अक्ब्सिजन उद्योग भएकाले प्लान्ट नभएको त्यहीँका चिकित्सकहरु बताउँछन् । अहिले तिनै डाक्टरहरुको लगानी भएको पोखरा अक्सिजन उद्योगबाट प्रतिष्ठानमा अक्सिजन आपूर्ति हुँदै आएको छ । तर, पर्याप्त अक्सिजन नपाउँदा बिरामीले ज्यान गुमाउनु परेको छ ।

     

    सहज अक्सिजन आपूर्ति नभएकै कारण समस्या भएको डा. बरालले बताए । हाइफ्लोका बिरामीलाई धेरै अक्सिजन चाहिने र दिइरहेकोभन्दा अलिकति पनि कम हुनेबित्तिकै ज्यानको जोखिम हुने बराल बताउँछन् ।

     

    ‘हाइफ्लोका बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटरसम्म अक्सिजन प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बिरामी बढे र समयमा आपूर्ति नहुँदा समस्या भएको हो,’ डा. बरालले भने, ‘अन्य लोफ्लोमा अक्सिजन दिएर हुने बिरामीलाई प्रतिमिनेट १४ लिटर भए पुग्छ ।’

     

    ठूलो सिलिन्डर ६ हजार लिटर हुनुपर्ने भए पनि ५ हजार लिटरको हाराहारीमा अक्सिजन हुन्छ र त्यसमा पनि केही प्रतिष्ठानका लिकेज हुने डाक्टर बराल बताउँछन् । ‘हाइफ्लोका एउटा बिरामीलाई एउटा सिलिन्डरले १ घन्टा पनि धान्दैन,’ डा. बरालले भने । अहिले अस्पतालमा हाइफ्लोका ९ जना बिरामी छन् ।

     

    पोखराको स्वास्थ्य विज्ञानमा मात्र होइन, पोखराको अन्य अस्पतालमा पनि एक्कासी अक्सिजनको अभाव भएको चिकित्सकहरुले बताइरेका छन् । पोखरामा दैनिक १३ देखि १४ सय सिलिन्डरसम्म दैनिक उत्पादन हुने बताइएको छ । तर, त्यो सिलिन्डर कहाँ र कसरी जान्छ र किन अभाव भइरहेको छ भन्ने आश्चर्य लागिरहेको अस्पतालहरुले बताइरहेका छन् ।

     

    यो समचार सामाजिक सन्जाल बाट साभार गरिएको हो।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    दुई अर्ब लगानीमा चितवनमा खुल्याे नयाँ क्यान्सर अस्पताल

    आज यी प्रदेशमा भारी वर्षाकाे सम्भावना

    बिराटनगरमा एक दिवसिय मानसिक स्वास्थ सम्बन्धी गोष्ठी सम्पन्न

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग

    ताजा समाचार
    १.

    विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

    २ हफ्ता अघि
    २.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ महिना अघि
    ३.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ महिना अघि
    ४.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ महिना अघि
    ५.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ महिना अघि
    ६.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ महिना अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution