१२ बैशाख, काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक आज बस्दै छ ।
आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको नेता कर्णबहादुर थापाले साचोँ खबरलाई बताए । थापाले भने, ‘हिजो (शनिबार) साँझ शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । छलफलपछि आज विहान १० बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।’
बैठकको एजेण्डाबारे भने कुनै जानकारी नपठाएको उनको भनाइ छ । ‘आकस्मिक बैठक भएकाले एजेण्डाबारे केही जानकारी आएको छैन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |