१२ बैशाख, काठमाडौं। पेरिस सेन्ट जर्मेनलाई जित दिलाउन दुई गोल गरेका किलियान एम्बाप्पे चोटका कारण मैदान छाड्न बाध्य बनेका छन् । पछिल्ला दुई लिग खेलमा एम्बाप्पेले चार गोल गरेका छन् ।
शनिबार भएको खेलमा मेट्जविरुद्ध ३–१ को जीत निकाल्दै साबिक विजेता पीएसजी लिगको शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि, २ अंकले पछि रहेको लिलले एक खेल कम खेलेको छ ।खेलको चौथो मिनेटमा पीएसजीलाई एम्बाप्पेले अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमा नै फाबियन केन्टोन्जेले बराबरी गोल फर्काए । तर लगत्तै एम्बाप्पले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए ।
माउरिसो पोचेटिन्होको टोलीले यो हप्ता च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यान्चेस्टर सिटीको सामना गर्दैछ । पोचेटिन्होले सो खेलअघि नै एम्बाप्पे फिट हुने आशा व्यक्त गरे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |