१२ बैशाख, काठमाडौँ। नेपालमा कोरोना दोस्रो लहर बढ्दै गर्दा वीरगन्ज, पर्सा र बारामा ११ जनाको मृत्यु भइसकेको छ ।
शनिबारसहित मृतक संख्या ११ पुगेको हो ।शनिबार मृत्यु भएका वीरगन्ज–१३ का ५३ वर्षीय रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पर्साका पुरुषको सुरुमा भरतपुरमा उपचारक्रममा मृत्यु भएको थियो । त्यसको १२ दिन बित्न नपाउँदै बाराका दुई र बाँकी सबै पर्साका संक्रमितको निधन भएको छ ।
पहिलेजस्तो संक्रमितमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण नभएर अहिले सिधैं फोक्सोमै कडाखाले निमोनिया हुने गरेको लक्षण देखिएको छ । यस्तो लक्षण देखिएकाको उपचारमा कठिन भइरहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |