१२ बैशाख, काठमाडौँ। अस्पतालको लापरबाहीका कारण कोरोना संक्रमितको शव परिवारकै जिम्मा लगाउँदा ५० भन्दा बढी मलामी दाहसंस्कारमा संलग्न भएको खुलेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बुधबार राती मृत्यु भएका ४५ वर्षीय संक्रमितको शव विहिबार विहान अस्पतालले परिवारकै जिम्मा लगाएको थियो ।
शव अन्त्येष्टिमा प्रोटोकल उल्लंघन गरि ५० भन्दा बढी मलामी सहभागी भएको पाइएको छ । वडा नं ११ का अध्यक्ष बाबुलाल लामाले मृतकको परिवारलाई प्रतिष्ठानको डाक्टरले नै फोन गरेर शव लैजान सक्नु हुन्छ भनेर जिम्मा लगाएको साचोँ खबरलाई बताए ।
आफूले पछि बुझ्दा ५० जना भन्दा बढी मलामी गएको जानकारी पनि अध्यक्ष लामाले दिए । मास्क, सेनिटाइजर लगाए पनि पिपिई भने नभएको पाइएको मेहताले बताए । मलामी गएकाहरु सबैलाई कम्तीमा ३ दिन घरमा नै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको उनले बताए । ‘२५ जना मात्र मलामी जाने भन्ने थाहै थिएन भने । सबैलाई क्वारेन्टाइनमा बसाएर सोमबार स्वाब लिन्छौं,’मेहताले भने ।
प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा प्रमोद बरालले नयाँ प्रोटोकल आएको भनेर प्रहरीबाट नै खबर आएपछि परिवारलाई शव जिम्मा लगाएको बताए । यद्यपी, प्रोटोकल पालना गराउन सबै सचेत हुनुपर्ने उनले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |