इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् ।
तालिकाको शिर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई उसैको मैदानमा २–१ ले हरायो । सिटीको जितमा फिल फोडेन र रोड्रिले एक एक गोल गरे ।
भिल्लाका जोन क्याक्गीनले पहिलो गोल गरेका थिए ।
खेलको ४१ औं मिनेटमा सिटीका जोन स्टोन्स र ५७ औं मिनेटमा भिल्लाका म्याटी क्यासले रातो कार्ड खाएपछि दुवै टोली १० जनामा समेटिएका थिए ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले साउथह्याम्टनलाई २–१ ले हरायो ।
टोटनह्यामको जितमा ग्यारेथ बेल र हिउङ मिन सनले एक एक गोल गरे ।
साउथह्याम्पटनका ड्यानी इंग्सले पहिलो गोल गरेका थिए ।
गएरातिका खेलहरुपछि प्रिमियर लिगको तालिकामा ३३ खेलबाट ७७ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ ।
एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड ६६ अंकसहित दोस्रो स्थानमा छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |