८ बैशाख, काठमाडौं । एजेन्सी- दिनहुँ भारतमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ । मंगलबार मात्रै भारतमा झण्डैतीन लाख जना कोरोना संक्रमण भेटिएको छ । भारतमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित पाइएको यो पहिलो पटक हो ।
भारतमा मंगलबार २ लाख ९४ हजार ११५ जनामा संक्रमण पाइएको हो । कोरोना संक्रमण सुरु भएयता भारतमा एकैदिन यति ठुलो संख्यामा कोरोना संक्रमित पाइएको यो पहिलोपटक भएको जनाइएको छ ।
मंगलबार कोरोना संक्रमणका कारण दुई हजार २० जनाको मृत्यु भएको छ । यसअघि गत एकैदिन दुई हजार चारजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।मंगलबार एक लाख ६६ हजार ५२० जना संक्रमणमुक्त भएको जनाइएको छ । संक्रमणमुक्त भएको यो संख्या पनि हालसम्मकै उच्च रहेको जनाइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |