८ वैशाख, काठमाडौं। वीरगञ्जमा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना लाई नेपाल प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२४ का ३६ वर्षीय प्रमोद सर्राफलाई उक्त बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
प्रमोद विरूद्ध सोमबार छिमेकी बालिकालाई १० रुपैयाँ दिएर ललाइफकाइ बलात्कार गरेको अभियोग लागेको प्रहरीले जनाएको छ ।
जबर्जस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई घटनाबारे थप अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले साचोँ खबरलाई जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |