७ बैशाख, काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित पैयुँटारबाट मोटरसाईकल चोरीमा संलग्न रहेका ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाईकल चोरीमा संलग्न मानिसहरूलाई सो नगरपालिकाको वडा नम्बर–१० बाट ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा नुवाकोट घर भएका २० वर्षीय नमराज अधिकारी, २२ वर्षीय रामचन्द्र अधिकारी र १९ वर्षीय रामचन्द्र थापा रहेका छन् । तारकेश्वर नगरपालिकामा बस्ने उनीहरुले चैत २७ मा बा.९५प ३३३५ नम्बरको पल्सर मोटरसाईकल चोरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले साचोँ खबरलाई बताएको छ ।
नुवाकोटका वासिन्दा राजु तामाङले आफ्नो मोटरसाईकल हराएको निवेदन प्रहरीलाई दिएपछि महाशाखाले अनुसन्धान गरेर आरोपीहरुलाई पक्राउ गरेको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |