७, बैशाख, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन मिति सरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षता तथा अध्यक्ष द्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी समेतको उपस्थितिमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।
जसअनुसार महाधिवेशन २०७८ जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको छ । यसअघि वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय भएको थियो । यस्तै सक्रिय सदस्यता वितरण गर्ने म्याद अन्तिम पटकको लागि २०७८ बैशाख मसान्तसम्म थप गर्ने, जिल्ला तहसम्मको अधिवेशन बैशाख मसान्तसम्म गर्ने र प्रदेश कार्य समितिको निर्वाचन जेठ ७ गतेसम्म गर्ने तय भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |