मकवानपुरको हेटौँडामा एक नाबालिकलाई जबरजस्ती करणी गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२३ घर भई हाल हेटौँडा उपमहानगरपालिका–६ डेरा गरी बस्ने २१ वर्षीय विशाल पासवान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पीडितको उजुरीका आधारमा प्रहरीले आज पासवानलाई पक्राउ गरेको छ।
हेटौँडा–६ पुतलीबजार नजिकै रहेको खहरे खोलाको बगरमा एक नाबालिकलाई करणी गरेको आरोपमा पासवानलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |