कोरोना भाइरसले महामारीको रुप लिएपछि भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज रात १० बजेदेखि अर्को सातासम्मका लागि कर्फ्यु घोषणा गरेका हुन् ।
अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्रमा कफ्र्यु घोषणा गरिएको हो ।
दिल्लीका सबै अस्पतालमा विरामीको निक्कै ठुलो चाप छ भने अक्सिजनको कमी भएको पनि भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन । सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |