सुन्धारामा बनेको २२ तल्ले धरहरामा गजुर स्थापना गरिएको छ । पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको धरहरामा पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर टुप्पोमा राखिएको हो ।
२०७२ वैशाखको भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते उद्घाटन गर्दै हुनुहुन्छ । ३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित लागत रहेको धरहराको पुनर्निर्माणमा साढे तीन सय मजदुरले काम गर्दै आएका छन् । यसको निर्माण ठेक्का जीआईटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो ।
उद्घाटनका क्रममा प्रधानमन्त्री ओली लिफ्टमार्फत धरहराको टुप्पोमा पुगेर धरहराबाट अवलोकन गर्नुहुनेछ । साथै त्यहीँ उहाँलाई धरहरा निर्माणबारे जानकारी गराइने छ । बैशाख ११ गते उद्घाटन गरिए पनि सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |