पूर्व-स्वास्थ्यमन्त्री एवं समाजसेवी प्रयागराज सिं सुवालको निधन भएकाे छ । आइतबार बेलुकी उहाँकै निवास झोछेँमा ९३ वर्षको उमेरमा निधन भएकाे पारिवारि स्राेतले जनाएकाे छ ।
प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उहाँ लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय हुनुभयो । पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिनुभएका उहाँ कुनै बेला काठमाडौँ नगरको मेयर पनि हुनुहुन्थ्यो । उहाँले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गर्नुभयो ।
उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन् । दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |