बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सोमबार बिहान बसेको बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो ।
दोस्रो चरणको कोरोना संक्रमण फैलिएकाले नियन्त्रणका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । विद्यालय बन्द गराएर अनलाइन माध्यमबाट पठन पाठन गराउने निर्णय भएको छ । विद्यालयसँगै होटेल, रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशालालगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
रगंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । बैठकले सीसीएमसीको सिफारिसबमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको छ ।
आज बसेको मन्त्री परिषद् बैठकले संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी र धरान,बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगर मा एक महिनासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ !
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |